Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

यात्रु अभावका कारण पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

यात्रु अभावका कारण पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ। 

नेपाल एयरलान्सका नायव महाप्रवन्धक गणेश चन्दले यात्रुको संख्या न्यून रहेकाले नियमित उडान नहुने स्पष्ट पारेका छन्।  ‘यो उडान बिहिबारसम्मका लागि मात्र हो। पहाडी जिल्लाबाट आउने यात्रु छन् तर धनगढीबाट जाने यात्रु छैनन्। धनगढीबाट दुई जना मात्रै यात्रु रहेको रिपोर्ट आएको छ। यात्रु नै नभए जाहाज कसरी चलाउनु।’

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाका सडकहरु अवरुद्ध भएकाले डोटी, बझाङ र अछाममा हवाई सेवा लिने यात्रुहरुको संख्या धेरै रहेको भन्दै उद्धार गर्न नेपाल वायुसेवा निगमले जहाज पठाएको थियो। नेपालगञ्जका कर्मचारीले सुदूरपश्चिममा सेवा दिइरहेका छन्।

सोमबार उनीहरुले धनगढी विमानस्थलबाट सेवा दिन सुरु गरेका चन्दले बताए। तर टिकटको व्यवस्थापनको काम अझै भएको छैन। चन्दका अनुसार नेपाल वायुसेवा निगमले टिकट काट्नका लागि कर्मचारी पठाएको छ तर स्थान तोकोको छैन। ‘टिकटका लागि कर्मचारी पठाएका छांै। बझाङमा गएको साथी उतै रोकिएको छ। उसले होटलबाट टिकट काट्छ होला,’ चन्दले दिनेशखबसँग भने। उनका अनुसार दीपायलका लागि अझै कुनै कर्मचारीको व्यवस्थापन भएको छैन।  नियमित उडानका लागि प्रक्रिया समेत लामो हुने एयरलाइनसले बताएको छ। 

नेपाल एयरलाइन्समा धनगढीदेखि डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढी आउन २ हजार ५ सय १५ भाडादर कायम गरिएको थियो। यस्तै धनगढीदेखि बझाङको ३ हजार ९ सय ९५ र बझाङदेखि धनगढी आउँदा ३ हजार ८ सय ९५ भाडादर कायम भएको छ।

प्रतिक्रिया