Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

यात्रु अभावका कारण पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

यात्रु अभावका कारण पहाडी जिल्लामा नियमित उडान हुँदैन: नेपाल एयरलाइन्स

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ। 

नेपाल एयरलान्सका नायव महाप्रवन्धक गणेश चन्दले यात्रुको संख्या न्यून रहेकाले नियमित उडान नहुने स्पष्ट पारेका छन्।  ‘यो उडान बिहिबारसम्मका लागि मात्र हो। पहाडी जिल्लाबाट आउने यात्रु छन् तर धनगढीबाट जाने यात्रु छैनन्। धनगढीबाट दुई जना मात्रै यात्रु रहेको रिपोर्ट आएको छ। यात्रु नै नभए जाहाज कसरी चलाउनु।’

अविरल वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लाका सडकहरु अवरुद्ध भएकाले डोटी, बझाङ र अछाममा हवाई सेवा लिने यात्रुहरुको संख्या धेरै रहेको भन्दै उद्धार गर्न नेपाल वायुसेवा निगमले जहाज पठाएको थियो। नेपालगञ्जका कर्मचारीले सुदूरपश्चिममा सेवा दिइरहेका छन्।

सोमबार उनीहरुले धनगढी विमानस्थलबाट सेवा दिन सुरु गरेका चन्दले बताए। तर टिकटको व्यवस्थापनको काम अझै भएको छैन। चन्दका अनुसार नेपाल वायुसेवा निगमले टिकट काट्नका लागि कर्मचारी पठाएको छ तर स्थान तोकोको छैन। ‘टिकटका लागि कर्मचारी पठाएका छांै। बझाङमा गएको साथी उतै रोकिएको छ। उसले होटलबाट टिकट काट्छ होला,’ चन्दले दिनेशखबसँग भने। उनका अनुसार दीपायलका लागि अझै कुनै कर्मचारीको व्यवस्थापन भएको छैन।  नियमित उडानका लागि प्रक्रिया समेत लामो हुने एयरलाइनसले बताएको छ। 

नेपाल एयरलाइन्समा धनगढीदेखि डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढी आउन २ हजार ५ सय १५ भाडादर कायम गरिएको थियो। यस्तै धनगढीदेखि बझाङको ३ हजार ९ सय ९५ र बझाङदेखि धनगढी आउँदा ३ हजार ८ सय ९५ भाडादर कायम भएको छ।

प्रतिक्रिया