ताजा अपडेट
सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले १७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्ने
सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ। देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ।
त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको प्रदेश शाखा धनगढ़ीले यहि कात्तिक १० गते मंगलबार का दिन रक्तदान को आयोजना गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक सुदुरपश्चिम प्रदेश धनागढ़िको आफ्नै कार्यालय प्रांगणमा बिहान ८ बजे देखि १ बजेसम्म गरिने कार्यक्रममा सम्पूर्णको उपस्थितिको लागि बैंकले अनुरोध समेत गरेको छ । उक्त कार्यक्रमले धनगढ़ीका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको र साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया