Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार दोस्रो जित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाको लगातार दोस्रो जित

डेभिड वार्नर र अरोन फिन्चले ७० रनको साझेदारी कारण अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । 

कुशल परेरा र चरितथा अश्लंकाले समान ३५–३५ रन बनाउँदा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर १५५ रन बनायो । 

४२ बल खेलेको वार्नरले १० चौका प्रहार गर्दै ६५ रनको अर्धशतकीय पारी खेल्दा अस्ट्रेलियाले ७ विकेटको जित निकाल्यो । अरोन फिन्चले ३७ रन बनाए । त्यस्तै स्टिभ स्मिथले २८ रन बनाउँदा मार्कुस स्टोइनिसले १६ रन बनाए । 

बलिङतर्फ श्रीलंकाका लागि वानिन्दु हर्शरंगाले २ विकेट लिँदा दाशुन शंखाले १ विकेट लिए । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।  

श्रीलंकाका लागि भानुका राजापाकासले ३३ रन बनाउँदा धासुन संकाले १२ रनको योगदान गरे । त्यसबाहेकका ब्याटरले दोहोरो रन जोड्न सकेनन् । 

बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र आदम जाम्पाले समान दुई–दुई विकेट लिए । जितसँगै समूह ‘ए’मा रहेको अस्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । अस्ट्रेलिया समूहको दोस्रो स्थानमा छ । पराजित श्रीलंका २ खेलबाट २ अंक जोडेर समूहको चौथो स्थानमा छ । 

प्रतिक्रिया