Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेयर र उपभोक्ता समितिका कारण बैतडीमा सवा २ करोडको योजना अलपत्र

मेयर र उपभोक्ता समितिका कारण बैतडीमा सवा २ करोडको योजना अलपत्र

बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा खानेपानी पुगाउने योजना अलपत्र परेको छ। नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र उपभोक्ता समितिका अध्यक्ष उज्जल साँउदका कारण दुई करोड बढीको लागतमा सम्पन्न हुने भनिएको योजना अलपत्र परेको अरोप लागेको हो। 

प्रदेश सरकारले दुई करोड ३० लाखमा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ हाटमा बृहत खानेपानी योजना आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरेको थियो। आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने गरी बृहत खानेपानी योजना सुरु गरिएको थियो। 

तर अहिलेसम्म ९० लाख खर्च गरिएको त्यो योजनामा गत आर्थिक वर्षमा ५५ लाख बजेट छुट्याइएको भए पनि खर्च नभएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। वडा नम्वर १ को योजनाका लागि वडा नम्बर ७ का स्थानीय उज्जल साँउदलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ। अध्यक्षकै कारण योजना अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए।

’हामीले योजना अगाडि बढाउन उपभोक्ता समितिका अध्यक्ष, नगर प्रमुख र १ नम्बर वडा अध्यक्षलाई धेरै पटक अनुरोध गरेका छौँ। पत्राचार पनि गरेका छौँ। तर उपभोक्ता समितिका अध्यक्ष सम्पर्कमा नै आएका छैनन्,’ उनले भने, ’अध्यक्षले फोन पनि उठाउदैनन्। योजनाका लागि अहिलेसम्म ९० लाख भुक्तानी गरिएको छ। तर अहिले काम रोकिएको छ।’

२०७८ सालमा सम्पूर्ण काम सम्पन्न गरी सक्नुपर्ने खानेपानी योजनामा केही किलोमिटर पाइप बिछ्याउने काम मात्रै भएको स्थानीयले बताएका छन्। वडा नम्बर १ हाटका लागि खानेपानीको योजना भए पनि उपभोक्ता समितिको अध्यक्ष भने नगर प्रमुखको इच्छामा माओवादी कार्यकर्तालाई बनाइएको आरोप लगाइएको छ। 

वडा नम्बर ७ बाट पानी लैजान ८ किलोमिटर लामो पाइप लाइन बिछ्याउनुपर्ने भए पनि पानीको मुहान कहाँ हो ? त्यो थाहा नभएको बताइएको छ। प्रदेश सरकारले दिएको योजनामा नगर प्रमुखले हस्तक्षेप गरेर माओवादी कार्यकर्तालाई अध्यक्ष बनाएको र योजना अलपत्र परेको वडा अध्यक्ष गणेशसिंह गडालले बताए। ’नगर प्रमुखको चाहनामा वडा नम्बर ७ का मान्छेलाई अध्यक्ष बनाउने काम भयो,’ उनले भने, ’वडा नम्बर १ का उपभोक्ताको हितमा उनले काम गर्न सकेनन्। जसले गर्दा योजना अलपत्र परेको छ। मजदुरले पनि काम गरेको ज्याला पाएका छैनन्।’

उज्जवलसिंह साउँद अध्यक्ष रहेको समितिले काम गर्न नसकेको कारण अर्को समिति गठन गर्न पत्राचार गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ। तर पनि समिति परिवर्तन गर्ने भनेर अहिले सम्म कुनै प्रक्रिया अघि नबढेको वडा अध्यक्ष गडालले बताए। 

हाट बृहत खानेपानी योजनाका लागि २०७५ सालमा २० लाख बजेट विनियोजन भएको थियो। त्यसपछि लगातार त्यो योजनामा बजेट विनियोजन भइरेको छ। खानेपानी योजनाको काम नहुँदा हरेक वर्षको बजेट फिर्ता भइरहेको छ भने हाटका करिव एक सय ६० घरधुरी पिउने पानीबाट बञ्चित छन्। 

प्रतिक्रिया