Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

मेयर र उपभोक्ता समितिका कारण बैतडीमा सवा २ करोडको योजना अलपत्र

मेयर र उपभोक्ता समितिका कारण बैतडीमा सवा २ करोडको योजना अलपत्र

बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा खानेपानी पुगाउने योजना अलपत्र परेको छ। नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र उपभोक्ता समितिका अध्यक्ष उज्जल साँउदका कारण दुई करोड बढीको लागतमा सम्पन्न हुने भनिएको योजना अलपत्र परेको अरोप लागेको हो। 

प्रदेश सरकारले दुई करोड ३० लाखमा बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ हाटमा बृहत खानेपानी योजना आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरेको थियो। आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने गरी बृहत खानेपानी योजना सुरु गरिएको थियो। 

तर अहिलेसम्म ९० लाख खर्च गरिएको त्यो योजनामा गत आर्थिक वर्षमा ५५ लाख बजेट छुट्याइएको भए पनि खर्च नभएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। वडा नम्वर १ को योजनाका लागि वडा नम्बर ७ का स्थानीय उज्जल साँउदलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ। अध्यक्षकै कारण योजना अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताए।

’हामीले योजना अगाडि बढाउन उपभोक्ता समितिका अध्यक्ष, नगर प्रमुख र १ नम्बर वडा अध्यक्षलाई धेरै पटक अनुरोध गरेका छौँ। पत्राचार पनि गरेका छौँ। तर उपभोक्ता समितिका अध्यक्ष सम्पर्कमा नै आएका छैनन्,’ उनले भने, ’अध्यक्षले फोन पनि उठाउदैनन्। योजनाका लागि अहिलेसम्म ९० लाख भुक्तानी गरिएको छ। तर अहिले काम रोकिएको छ।’

२०७८ सालमा सम्पूर्ण काम सम्पन्न गरी सक्नुपर्ने खानेपानी योजनामा केही किलोमिटर पाइप बिछ्याउने काम मात्रै भएको स्थानीयले बताएका छन्। वडा नम्बर १ हाटका लागि खानेपानीको योजना भए पनि उपभोक्ता समितिको अध्यक्ष भने नगर प्रमुखको इच्छामा माओवादी कार्यकर्तालाई बनाइएको आरोप लगाइएको छ। 

वडा नम्बर ७ बाट पानी लैजान ८ किलोमिटर लामो पाइप लाइन बिछ्याउनुपर्ने भए पनि पानीको मुहान कहाँ हो ? त्यो थाहा नभएको बताइएको छ। प्रदेश सरकारले दिएको योजनामा नगर प्रमुखले हस्तक्षेप गरेर माओवादी कार्यकर्तालाई अध्यक्ष बनाएको र योजना अलपत्र परेको वडा अध्यक्ष गणेशसिंह गडालले बताए। ’नगर प्रमुखको चाहनामा वडा नम्बर ७ का मान्छेलाई अध्यक्ष बनाउने काम भयो,’ उनले भने, ’वडा नम्बर १ का उपभोक्ताको हितमा उनले काम गर्न सकेनन्। जसले गर्दा योजना अलपत्र परेको छ। मजदुरले पनि काम गरेको ज्याला पाएका छैनन्।’

उज्जवलसिंह साउँद अध्यक्ष रहेको समितिले काम गर्न नसकेको कारण अर्को समिति गठन गर्न पत्राचार गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ। तर पनि समिति परिवर्तन गर्ने भनेर अहिले सम्म कुनै प्रक्रिया अघि नबढेको वडा अध्यक्ष गडालले बताए। 

हाट बृहत खानेपानी योजनाका लागि २०७५ सालमा २० लाख बजेट विनियोजन भएको थियो। त्यसपछि लगातार त्यो योजनामा बजेट विनियोजन भइरेको छ। खानेपानी योजनाको काम नहुँदा हरेक वर्षको बजेट फिर्ता भइरहेको छ भने हाटका करिव एक सय ६० घरधुरी पिउने पानीबाट बञ्चित छन्। 

प्रतिक्रिया