ताजा अपडेट
यस्तो छ साहस उर्जा र तेह्रथुम पावरको पहिलो सेयर कारोबार
साहस उर्जा लिमिटेड र तेह्रथुम पावर लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोस्रो बजार कारोबार सुरु भएको हो ।
आज भएको प्रि ओपन सेसनमा तेह्रथुम पावरको पहिलो कारोबार २५४.२ रुपैयाँमा भएको छ र भने साहस उर्जाको पहिलो कारोबार ४०५.३ रुपैयाँमा भएको छ ।
शुक्रबार साहस उर्जाको ३ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको थियो । कम्पनीको कारोबार SAHAS सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३५.११ रुपैयाँ देखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ४५ रुपैयाँ ८० पैसा पुगेको छ
त्यस्तै तेह्रथुम पावरको ४० लाख कित्ता सेयर सूचीकृत भएको थियो । कम्पनीको कारोबार TPC सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ८४.७४ रुपैयाँ देखि २५४.२२ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया