Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश

राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश

राप्रपाका बरिस्ठ नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउद आज काठमाडौमा  एक कार्यक्रमका बीच काङ्ग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वाँरको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एनपि साउँद रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अम्रेश कुमार सिंह रहनु भएको थियो । प्रमुख अतिथि र विशिष्ट अतिथिले साउद लाई फुल माला र अबिर लगाउदै काङ्ग्रेसमा स्वागत गरेका थिए । नवप्रवेशीलाइ स्वागत गर्दै उनलाई  पार्टीमा काखा र पाखा नगर्ने भन्दै क्षमताको आधारमा  जिम्मेवारी दिइने नेता हरुले बताए ।

लामो समय देखि  राप्रपा को राजनिति गर्दै आएका साउद २०५६ सालमा राप्रपा बाट सांसदका उमेदवार समेत हुन ।  समाज सेवि तथा सहयोगी भावना भएका साउदले केहि समय पहिले बिपि स्मृति भवनको लागी चौरपाटिमा १ रोपनी जग्गा समेत दान गरेका थिए । साउदको काङ्ग्रेस प्रवेशले पार्टी लाइ महत्वपूर्ण फाइदा हुने नेताकार्यकर्ता हरुको बुझाइ छ ।

उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वार,पुर्व सूचना तथा सन्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह, नेपाल विद्यार्थी संघ का पुर्व केन्द्रिय अध्यक्ष नैनसिंह महर, नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य बलबहादुर कुवर, अम्बिका चलाउने, जिल्ला पार्टी सचिव नमबहादुर शाही, पुर्व महासमिति सदस्य मानबहादुर रावल, नेपाली काङ्ग्रेसका नेता पुष्पराज शर्मा लगायत  अछाम जिल्लाका काङ्ग्रेस नेताकार्यकर्ता हरुको उपस्तिथि रहेकोे थियोे ।

प्रतिक्रिया