Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

१४ दिन पछी भेटियो अज्ञात रहेका तिमील्सैनाको लाश, आफन्त आक्रोशित, गैरिटाँडमा चक्का जाम

१४ दिन पछी भेटियो अज्ञात रहेका तिमील्सैनाको लाश, आफन्त आक्रोशित, गैरिटाँडमा चक्का जाम

१४ दिन देखि अज्ञात रहेका अछाम कुईकाका एक पुरुषको शब भेटिएको छ । अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं. ५  कुईका ३४ बर्षिय रेशमराज तिमिल्सैनाको शब भेटिएको हो । १४ दिन सम्म नेपाल प्रहरीको सबै सयन्त्र संगै आफन्त सबैले खोजी कार्य गरिएपनि तिमिल्सैनाको अवस्था अज्ञात रहेको थियो ।

गएको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको लास १४ दिन पछि कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको त्यहाँ रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सहसचिव नमराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार शब बाँसको झारीमा भेटिएको छ, अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्याल सहितको टोली गैरिटाँड पुगेको छ उनले भने तिमिल्सैनाका आफन्त संग प्रहरीको छलफल भईरहेको छ । यस अघि प्रहरीले अनुसन्धानका लागि होटलका ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

आफन्त आक्रोशित, गैरिटाँडमा चक्का जाम

तिमिल्सैनाका आफन्त अहिले आक्रोशित भएर गैरिटाँड बजार बन्द गरेका छन् भने बाटो समेत चक्का जाम गरेका छन् । आफन्त र स्थानिय मिलेर चक्का जाम गरिएको छ । रहष्यमय तरिकाले घट्ना भएको भन्दै उनिहरु आक्रोशित भएको पत्रकार भण्डारीले बताए । शब फेला परको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन् उनले भने ।

काठमाण्डौँ बाट समेत अनुसन्धानको टिम अछाम आएर खोजी कार्य भएपनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन् । तर आज तिमिल्सैना बसेकै ठाँउ नजिकै उनको शव फेला पर्नुले रहष्यमय तरिकाले घट्ना भएको परिवारले आरोप लगाएका छन् ।

असोज ३१ गते मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका रेशम तिमिल्सैना बेपत्ता भएको भनिए पनि गैरिटाँडमै उनको शब फेला पर्नुले अवस्था अज्ञात रहेको घट्ना प्रस्ट भएको आफन्तको भनाई छ ।

प्रतिक्रिया