Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

१४ दिन पछी भेटियो अज्ञात रहेका तिमील्सैनाको लाश, आफन्त आक्रोशित, गैरिटाँडमा चक्का जाम

१४ दिन पछी भेटियो अज्ञात रहेका तिमील्सैनाको लाश, आफन्त आक्रोशित, गैरिटाँडमा चक्का जाम

१४ दिन देखि अज्ञात रहेका अछाम कुईकाका एक पुरुषको शब भेटिएको छ । अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं. ५  कुईका ३४ बर्षिय रेशमराज तिमिल्सैनाको शब भेटिएको हो । १४ दिन सम्म नेपाल प्रहरीको सबै सयन्त्र संगै आफन्त सबैले खोजी कार्य गरिएपनि तिमिल्सैनाको अवस्था अज्ञात रहेको थियो ।

गएको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको लास १४ दिन पछि कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको त्यहाँ रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सहसचिव नमराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार शब बाँसको झारीमा भेटिएको छ, अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्याल सहितको टोली गैरिटाँड पुगेको छ उनले भने तिमिल्सैनाका आफन्त संग प्रहरीको छलफल भईरहेको छ । यस अघि प्रहरीले अनुसन्धानका लागि होटलका ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

आफन्त आक्रोशित, गैरिटाँडमा चक्का जाम

तिमिल्सैनाका आफन्त अहिले आक्रोशित भएर गैरिटाँड बजार बन्द गरेका छन् भने बाटो समेत चक्का जाम गरेका छन् । आफन्त र स्थानिय मिलेर चक्का जाम गरिएको छ । रहष्यमय तरिकाले घट्ना भएको भन्दै उनिहरु आक्रोशित भएको पत्रकार भण्डारीले बताए । शब फेला परको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन् उनले भने ।

काठमाण्डौँ बाट समेत अनुसन्धानको टिम अछाम आएर खोजी कार्य भएपनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन् । तर आज तिमिल्सैना बसेकै ठाँउ नजिकै उनको शव फेला पर्नुले रहष्यमय तरिकाले घट्ना भएको परिवारले आरोप लगाएका छन् ।

असोज ३१ गते मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका रेशम तिमिल्सैना बेपत्ता भएको भनिए पनि गैरिटाँडमै उनको शब फेला पर्नुले अवस्था अज्ञात रहेको घट्ना प्रस्ट भएको आफन्तको भनाई छ ।

प्रतिक्रिया