Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रैकाको १६ औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यन्न र नगद सहयोग

रैकाको १६ औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यन्न र नगद सहयोग

राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र वहादुर रैकाको १६ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ सोमबार धनगढीमा मनाईएको छ ।

चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी एवं सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य टेक वहादुर रैकाले स्व चन्द्र वहादुर रैका शोषित पिडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताउदै रैकाले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्दे भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेसका नेता नृप वहादुर सुनारले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तिलक बहादुर सिहंले राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व.रैकाको अतुलनिय र अनुकरणीय योगदान रहेको बताउनु भयो । कार्यक्रममा नेकपा (एकिकृत समाजवादी)का नेता चक्र विक, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र वहादुर टेलर,दलित गैरसरकारी संस्था महासंघका संयोजक खडक विक,धनगढी उपमहानगरपालिका वडा नं २ की वडा सदस्य रत्ना विष्ट,वडा नं ५ की सदस्य माया ताम्राकार,मानव सेवा आश्रमका प्रमुख संरक्षक सिद्धराज पनेरु लगायतकाले स्वःरैकाको राजनैतिक एव सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दे भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

यसै विच रैकाको स्मृति दिवसको अवसरमा धनगढी स्थित मानव सेवा आश्रममा रहेका ७० जना साहारा विहिन सडक मानवहरुका लागि नगद रु ५ हजार,दिवा खाना र खाद्य तथा पोषण सामाग्री सहयोग गरिएको छ । जस अन्र्तगत चामल २५ केजी,तेल ५ लिटर,दाल ५केजी,भुजा १० प्याकेट,चिउरा ६ प्याकेट,पिठो १० केजी,आलु १० केजी,चाउचाउ १ पेटी,नुन २ प्याकेट,मास्क २ प्याकेट,सोयाविन ६ प्याकेट लगायतको खाद्य सामाग्री सहयोग गरिएको थियो । उक्त सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथी प्रदेश सासद टेक वहादुर रैकाले मानव सेवा आश्रमका प्रमुख संरक्षक सिद्धराज पनेरुलाई हस्तान्तरण गर्नुएको थियो । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राजेन्द्र रैकाले गर्नुभएको थियो ।

प्रतिक्रिया