Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिकाले कोदो र भटमासको समर्थन मूल्य तोक्यो, प्रतिकिलो कति

चौरपाटी गाउँपालिकाले कोदो र भटमासको समर्थन मूल्य तोक्यो, प्रतिकिलो कति

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले खाद्यान्न बालीहरूको समर्थन मूल्य निर्धारण गरेको छ । गाउँकार्यपालिकाको यही कार्तिक ८ गते बसेको बैठकले खाद्यान्न बालीहरूको समर्थन मूल्य निर्धारण गरेको हो । स्थानीय रैथाने बाली प्रवर्धन तथा संरक्षण गर्नका लागि स्थानीय कृषकहरुलाई सहयोग पुग्ने उद्धेश्यले खाद्यान्न बालीहरूको मूल्य निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाका अनुसार खाद्यान्न बालीहरु भटमास, भटमास खैरो/रातो, भटमास कालो र कोदोको समर्थन मूल्य निर्धारण गरिएको हो । खाद्यान्न बाली भटमास सेतोको प्रतिकिलो ५० रुपैंया, भटमास खैरो रातो प्रतिकिलो ५५, भटमास कालो प्रतिकिलो ६० र कोदो बराबरको चामल साट्ने गरी समर्थन मूल्य तोकिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

उक्त समर्थन मूल्यमा आफूले उत्पादन गरेका खाद्य बालीहरु बिक्री वितरण गर्न कृषकहरुलाई आग्रह गरेको छ । साथै उक्त समर्थन मूल्यमा कुनै व्यापारी तथा व्यक्तिहरूले खरिद नगरेमा गाउँपालिकाको कृषि तथा सहकारी शाखाले समर्थन मूल्यमा खरिद गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

गाउँपालिकाको कृषि शाखा र वडा नम्बर ६ चौखुट्टे बजारबाट खाद्यान्न बालीहरु खरिद गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । तोकिएको स्थानमा लगी आफ्ना बालीको समर्थन मूल्य अनुसार मंसिर मसान्त भित्र बिक्री गरिसक्न अपिल गरिएको छ । 

प्रतिक्रिया