Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चौरपाटी गाउँपालिकाले कोदो र भटमासको समर्थन मूल्य तोक्यो, प्रतिकिलो कति

चौरपाटी गाउँपालिकाले कोदो र भटमासको समर्थन मूल्य तोक्यो, प्रतिकिलो कति

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले खाद्यान्न बालीहरूको समर्थन मूल्य निर्धारण गरेको छ । गाउँकार्यपालिकाको यही कार्तिक ८ गते बसेको बैठकले खाद्यान्न बालीहरूको समर्थन मूल्य निर्धारण गरेको हो । स्थानीय रैथाने बाली प्रवर्धन तथा संरक्षण गर्नका लागि स्थानीय कृषकहरुलाई सहयोग पुग्ने उद्धेश्यले खाद्यान्न बालीहरूको मूल्य निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाका अनुसार खाद्यान्न बालीहरु भटमास, भटमास खैरो/रातो, भटमास कालो र कोदोको समर्थन मूल्य निर्धारण गरिएको हो । खाद्यान्न बाली भटमास सेतोको प्रतिकिलो ५० रुपैंया, भटमास खैरो रातो प्रतिकिलो ५५, भटमास कालो प्रतिकिलो ६० र कोदो बराबरको चामल साट्ने गरी समर्थन मूल्य तोकिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

उक्त समर्थन मूल्यमा आफूले उत्पादन गरेका खाद्य बालीहरु बिक्री वितरण गर्न कृषकहरुलाई आग्रह गरेको छ । साथै उक्त समर्थन मूल्यमा कुनै व्यापारी तथा व्यक्तिहरूले खरिद नगरेमा गाउँपालिकाको कृषि तथा सहकारी शाखाले समर्थन मूल्यमा खरिद गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

गाउँपालिकाको कृषि शाखा र वडा नम्बर ६ चौखुट्टे बजारबाट खाद्यान्न बालीहरु खरिद गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । तोकिएको स्थानमा लगी आफ्ना बालीको समर्थन मूल्य अनुसार मंसिर मसान्त भित्र बिक्री गरिसक्न अपिल गरिएको छ । 

प्रतिक्रिया