Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बेपत्ता भएको १४ दिनपछि मृत भेटिएका तिमिल्सैनाको बेलखेतमा दाहसंस्कार गरियो

बेपत्ता भएको १४ दिनपछि मृत भेटिएका तिमिल्सैनाको बेलखेतमा दाहसंस्कार गरियो

कांग्रेस अछामका सभापती स्वाँरद्धारा पार्टीको झण्डा ओडाएर स्व. तिमिल्सैनाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का आमन्त्रीत क्षेत्रिय सदस्य स्व. रेशम राज तिमिल्सैनाको आज बुधबार बेलखेत कर्णालीमा दाह संस्कार गरिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ बिरपथको गैरीटाँड बजार बाट बेपत्ता भएको १४ दिन पछि फेला परेका स्व. तिमिल्सैनाको बेलखेतमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको उनको परिवारले श्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा पिडि पक्षले स्व. तिमिल्सैनाको घट्नाको सत्यतथ्य पत्ता लगाई दोसीलाई कारबाही गर्ने लिखित सम्झौता भएपछि जिल्ला अस्पतालमा शवको पोष्र्टमार्टम भएको थियो ।

शबको पोष्टमार्टम भएपछि मंगलसेनबाट शव यात्रा बेलखेत सम्म गरेर दाह संस्कार गरिएको थियो । दाहसंस्कारमा नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले पार्टीको झण्डा ओडाएर स्व. तिमिल्सैनालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनले पार्टीले एक होनाहार युवा गुमाएको र यस दुखको घडीमा परिवारमा धर्यधारण गर्ने शक्ति मिलोस् स्व. तिमिल्सैनाको आत्माले शान्ती पावस् भन्दै कामना गरेका थिए । सभापती स्वाँरले तिमिल्सैनाको घट्नाको सुक्ष्म अध्ययन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले नेपाली कांग्रेस अछामले घट्नाको अनुसन्धान गरी दोषीलाई कारबाही गराउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

दाहसंस्कारमा पार्टीका पूर्व सभापती पुष्प बहादुर शाह, जिल्ला सचिव नम बहादुर शाही, महासमिती सदस्य एवंम पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा, महासमिती सदस्य एवंम नगर उपप्रमुख अम्बिका चलाउने, महाधिबेशन प्रतिनिधी पदमराज अधिकारी, सुरत बिष्ट, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढा लगायत कांग्रेसका नेता कार्यकर्ताले अविर लगाएर अन्मि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया