Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बेपत्ता भएको १४ दिनपछि मृत भेटिएका तिमिल्सैनाको बेलखेतमा दाहसंस्कार गरियो

बेपत्ता भएको १४ दिनपछि मृत भेटिएका तिमिल्सैनाको बेलखेतमा दाहसंस्कार गरियो

कांग्रेस अछामका सभापती स्वाँरद्धारा पार्टीको झण्डा ओडाएर स्व. तिमिल्सैनाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का आमन्त्रीत क्षेत्रिय सदस्य स्व. रेशम राज तिमिल्सैनाको आज बुधबार बेलखेत कर्णालीमा दाह संस्कार गरिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ बिरपथको गैरीटाँड बजार बाट बेपत्ता भएको १४ दिन पछि फेला परेका स्व. तिमिल्सैनाको बेलखेतमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको उनको परिवारले श्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा पिडि पक्षले स्व. तिमिल्सैनाको घट्नाको सत्यतथ्य पत्ता लगाई दोसीलाई कारबाही गर्ने लिखित सम्झौता भएपछि जिल्ला अस्पतालमा शवको पोष्र्टमार्टम भएको थियो ।

शबको पोष्टमार्टम भएपछि मंगलसेनबाट शव यात्रा बेलखेत सम्म गरेर दाह संस्कार गरिएको थियो । दाहसंस्कारमा नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले पार्टीको झण्डा ओडाएर स्व. तिमिल्सैनालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनले पार्टीले एक होनाहार युवा गुमाएको र यस दुखको घडीमा परिवारमा धर्यधारण गर्ने शक्ति मिलोस् स्व. तिमिल्सैनाको आत्माले शान्ती पावस् भन्दै कामना गरेका थिए । सभापती स्वाँरले तिमिल्सैनाको घट्नाको सुक्ष्म अध्ययन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उनले नेपाली कांग्रेस अछामले घट्नाको अनुसन्धान गरी दोषीलाई कारबाही गराउन कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

दाहसंस्कारमा पार्टीका पूर्व सभापती पुष्प बहादुर शाह, जिल्ला सचिव नम बहादुर शाही, महासमिती सदस्य एवंम पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा, महासमिती सदस्य एवंम नगर उपप्रमुख अम्बिका चलाउने, महाधिबेशन प्रतिनिधी पदमराज अधिकारी, सुरत बिष्ट, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष अमृता बुढा लगायत कांग्रेसका नेता कार्यकर्ताले अविर लगाएर अन्मि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया