ताजा अपडेट
समाजसेवी युवा नेता कुवँरको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा
नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेशनका लागि समाजसेवी नेता कृष्ण कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् । अछाम क्षेत्र नं. १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधी पदका लागि युवा तथा समाजसेवी नेता कृष्ण कुवँर एञ्जीलाले उम्मेद्धारी घोषणा गरेका हुन् ।
प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज १०७ औँ जन्मजयन्तीको अवसरमा उम्मेदारी घोषणा गर्दै उनले नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उहाँ निष्ठालाई अनुशरण गर्दै अघि बढ्ने बताए।
नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी सुदृढीकरण तथा कार्यकतालाई क्रियाशिल बनाउन पार्टीमा सक्रिय भएर लाग्ने उद्घोष गर्दे नेता कुवँरले महाधिबेशनमा उम्मेद्धारी दिएको घोषणा गरे ।
सुदृढ र बलियो कांग्रेस निर्माणका लागि अग्रजलाई आदर र सम्मान तथा युवालाई स्थान भन्ने ध्ययेका साथ कुवँरले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् ।
ईमान्दारिता र निष्ठापूर्वक नेपाली काँग्रेसको संगठन निर्माणका लागि आफ्नो बाँकी जीवन समर्पित गर्ने उद्घोष गर्दै कुवँरले काँग्रेसमा आवद्ध जो कोहिको दु:ख र नाक खुम्च्याउने परम्पराको अन्त्य गर्दै युवाहरुमा स्वरोजगार सृजन गर्न सक्रिय रहने उनको भनाई छ ।
जीपी कोईराला प्रतिष्ठान अछामका सचिव, उधोग वाणिज्य संघ अछामका सचिव समेत रहेका कांग्रेस साँफेबगर नगरका पूर्व सचिव कुवँरले कांग्रेस अछामको संगठन निर्माणका लागि महत्वपूर्ण योग्दान दिएको भन्दै यसपटक महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी रहने बताए ।
समाजसेवा र परोपकारी काममा कुवँरको सक्रियता
नेता कुवँर राजनिति संगै समाजसेवामा समेत सक्रिय छन् । उनले विभिन्न समयमा अछाम जिल्लाका बिपन्न, गरिबी तथा जेहेन्दार बिद्यार्थीका लागि सहयोग गर्दैृ आईरहेका छन् ।
अछाममा अप्ठेरो परेका वर्ग, बाढी पहिरो पिडित र अस्पतालमा समेत कुवँरले सहयोग गरेका छन् । समाज र परोपकारी काममा कुवँरको सक्रियताले पिडितको घाँउमा मलहम लाग्ने गरेको छ ।
आगामी दिनमा समेत समाजसेवाको भावलाई कम हुन नदिई अझै सक्रिय भएर लाग्ने उनको प्रतिवद्धता छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया