Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हिन्दु र मुस्लिम समुदायबीच विवाद, जनकपुरधाममा निषेधाज्ञा

हिन्दु र मुस्लिम समुदायबीच विवाद, जनकपुरधाममा निषेधाज्ञा

दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

छठ पर्वको दिन देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दु समुदायका व्यक्ति घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा पुनः उग्ररुप लिएको छ। झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएका छन्। एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिलासमेत गरी तीन जना घाइते भएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए। झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।

झडप थप उग्र हुन थालेपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सो वडामा निषेधाज्ञा जारी गरेका छन्। आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए। स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया