Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ने बि संघका लोकप्रिय नेता जयन्द्र स्वाँरले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

ने बि संघका लोकप्रिय नेता जयन्द्र स्वाँरले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसको १४ आौ महाधिवेशनमा अछाम जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु  सहसचिव तथा पुर्व नेविसंघ केन्द्रीय सदस्य  एंव युवा नेता जयन्द्र बहादुर स्वांरले उम्मेदवारी दिने भएका छन।

वि.स. २०६५ सालको स्ववियु निर्वाचन मा त्रिचन्द्र क्याम्पस का साथै देश भरिका क्याम्पस हरु मध्येबाट सबैभन्दा धेरै मत लिएर निर्वाचित स्वांर ले महाधिवेशन प्रतिनिधि मा उम्मेदवारी दिने घोषणा गरेका हुन।उनीले यस अघि ११ आौ महाधिवेशन बाट अछाम जिल्ला को नेपाली काङ्ग्रेस को जिल्ला समिति सदस्य को रुपमा पनि आफ्नो भुमिका निर्वाह गरिसकेका छन।

नेपाली काङ्ग्रेस लाई नयाँ दिशा दिन युवाहरु हरु नेतृत्वमा मा आउनुपर्ने आजको आवश्यकता लाई मध्यनजर गर्दै र अछाम को काङ्ग्रेस लाई गतिशील बनाई लोकप्रिय पार्टीको रुपमा स्थापित गर्न नयाँ सोच र जिम्मेवारी का साथ पार्टी सुदृढीकरण गरी सबै लाई समेटर काङ्ग्रेस लाई एक ढिक्का बनाउन पर्ने परिस्थिति सिजर्ना भएको ले  आफू यसपालि  केन्द्रीय महाधिवेशन प्रतिनिधि मा  उम्मेदवारी दिने सोच बनाएको उनले अर्घाखाँची डटकम लाई बताए ।

पार्टी संगठन को लागि त्याग गर्न सक्ने स्वच्छ छवि भएका नेताको रुप मा परिचित स्वांर त्रिचन्द्र क्याम्पसमा विधार्थी माझ लोकप्रिय एंव सहयोगी नेताको रुपमा पनि चिरपरिचित थिए।शान्त स्वभाव का र सबै समस्या हरुको बुद्धिमता तवरले समाधान गर्न सक्षम युवा नेता स्वांर अछाम जिल्ला पनि लोकप्रिय नेताको रुपमा स्थापित भएका छन ।

स्पष्ट सोच र सहयोगी भावना का भएको  कारण विधार्थी राजनीति मा विधार्थी माझ लोकप्रिय भई वि.स.२०६५ सालको स्ववियु निर्वाचन मा देशभरि कै क्याम्पस हरु मध्ये सबैभन्दा धेरै लोकप्रिय मत पाई विजयी भएका थिए।साथै नेविसंघको महाधिवेशनमा पनि खुला तर्फबाट केन्द्रीय सदस्य मा भारी मतका साथ विजयी भएका थिए।

अछाम जिल्ला बाट आएर त्रिचन्द्र क्याम्पस जहां पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विधार्थी हरुको अध्ययन गर्छन् सो क्याम्पसमा मा रहेका अधिकतम विधार्थीहरुको भावना लाई बुझेर उनिहरुको समस्या समाधान गर्न बिहान देखि बेलुका सम्म त्रिचन्द्र क्याम्पस लाई व्यवस्थित गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेको पाईन्छ।

त्रिचन्द्र क्याम्पसको प्रशासनिक सुशासन एंव उपयुक्त श‌ैक्षिक वातावरण निर्माण गर्दै गुणस्तरीय र वैज्ञानिक शिक्षा प्रणालीको विकास मा जोड दिदै अनवरत विधार्थी को हकहित को लागि खटिने भएको ले कयौंपटक विरोधी हरुको तारो हुन पुगेका थिए।

नेपाली काङ्ग्रेस लोकतान्त्रिक मूल्य मान्यता मा आधरित पार्टी भएको ले पार्टी भित्र पनि लोकतान्त्रिक संस्कारको विकास गराई आम जनता हरुलाई यस विषयमा सुसूचित गरी नेपाली काङ्ग्रेस लाई नेपाली जनताको पार्टी बनाउने उदेश्य रहेको बताउने युवा नेता स्वारले युवा नेतृत्व को विकास मार्फत नै देश समृद्ध हुने बताए ।

नागरिक को अपेक्षा र चाहना लोकतान्त्रिक मुल्य मान्यता को आधारमा मा पुर्ति गर्न सकेमा मात्र नागरिक सन्तुष्टि प्राप्त हुन सक्छ भन्ने सोचाइ राख्ने युवा नेता स्वांर  लोकतन्त्र पर्वद्धन मार्फत नागरिक सन्तुष्टि  प्राप्त गर्ने धारणा का साथ १४ आौ महाधिवेशन मा महाधिवेशन प्रतिनिधि को रुपमा अछाम जिल्ला  नेपाली काङ्ग्रेस का कार्यकर्ता माझ उपस्थिति हुने बताए ।

नमुना काङ्ग्रेस को स्थापना को लागि स्पष्ट सोच भएको युवा नेतृत्व लाई चुन्न का लागि  सम्पुर्ण परिवर्तनशिल काङ्ग्रेस कार्यकर्ताहरु समक्ष आफुलाई महाधिवेशन प्रतिनिधि मा भोट दिई बिजय बनाउन पनि आग्रह गरेका छन।अहिले क्षेत्रिय प्रतिनिधि निर्वाचित भएर आएका कार्यकर्ता पनि परिवर्तनशिल सोच का भएकोले आफुलाई निर्वाचित गराउने मा विश्वस्त भएको बताए ।

 

प्रतिक्रिया