ताजा अपडेट
युवा नेता सुशील कुवँरको नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता सुशील कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा प्रतिनिधि पदमा उमेद्वारी घोषणा गरेको कुवँरले बताए ।
नेपाल विद्यार्थी संघ नोबेल कलेजका ईकाई सभापति, नेपाल विद्यार्थी संघ को केन्द्रीय महाधिवेशन प्रतिनिधि हुदै नेपाल विद्यार्थी संघ पोखरा विश्वोविद्यालयको केन्द्रीय सभापति, नेपाल विद्यार्थी संघ अछाम काठमाण्डौं सम्पर्क समितिको कार्यवाहक अध्यक्ष र सुदूरपश्चिम युवा समाज काठमाण्डौंका संस्थापक सदस्य रहेका नेता कुवँरले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै प्रदेश सभा प्रतिनिधि पदमा आफुलाई यसपटक अघि सारेका छन् । निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा ने बि संघमा क्रियाशील भएर समाजमा काम गर्दै आएका कुवँर आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।
संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने
-
यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ
-
संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना
-
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण
-
धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’
प्रतिक्रिया