Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- 'जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ'

पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- 'जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ'

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जाँड-रक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरे । ‘तपाइँहरूमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटल धाइधाइकन नखाइकन निद्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिनँ । तपाइँको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहन्छु रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ, रोग निम्त्याउँछ । रोगी बन्नुहुन्छ तपाइँ । तपाइँको पैसाको दुरुपयोग हुन्छ । तेस्रो घर कलह सुरु हुन्छ । त्यसपछि तपाइँको खराब बानी व्यवहार छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढ्दैन । जाँड-रक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला । बिहान उठने बित्तिकै एक प्याक ल्याउ भन्नेहरू हुन्छन् । त्यो हो भने ठीक हुँदैन' नेता नेपालले भनेका छन् ।

उनले रक्सी खाँदै नखान र राम्रो स्वास्थ्य बनाउन पनि सुझाव दिए । उनले भने, 'खाँदै नखानुस् । नखाए तपाइँको वेट घट्दैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिगाग तिखो बनाउनू र राम्रो काम गर्नुस् ।’

यस्तै उनले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । सम्बोधनको क्रममा उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरेका थिए । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइँ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रतिक्रिया