ताजा अपडेट
नेपाली कांग्रेस डडेलधुराका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन
नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्ला सभापति मल्लको बहिष्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढेको छ । भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन हुँदा मल्ल समूहले बहिस्कार गरेको थियो । मल्ल समूहले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर पुन वडा र पालिका अधिवेशन गर्नुपर्ने माग गरेको छ । तर काँग्रेस केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता प्रक्रिया अगाडि बढाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया