Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ बैशाख २०८१

नेपाली कांग्रेस डडेलधुराका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन

नेपाली कांग्रेस डडेलधुराका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन

नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्ला सभापति मल्लको बहिष्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढेको छ । भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन हुँदा मल्ल समूहले बहिस्कार गरेको थियो । मल्ल समूहले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर पुन वडा र पालिका अधिवेशन गर्नुपर्ने माग गरेको छ । तर काँग्रेस केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया