Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

अछाम क्षेत्र नं. १ बाट समाजसेवी कृष्ण कुवँर (एन्जिला ) महाधिबेशन प्रतिनिधीको दौडमा

अछाम क्षेत्र नं. १ बाट समाजसेवी कृष्ण कुवँर (एन्जिला ) महाधिबेशन प्रतिनिधीको दौडमा

नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको मिति नजिकिदै जाँदा अधिबेशन हुन बाँकी रहेका देशका बिभिन्न जिल्लामा चुनावी चहल पहल तिव्र रुपमा अघि बढेको छ ।

नेपाली कांग्रेसले ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको १४ आँै महाधिबेशनको सेरोफेरोमा देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका छन ।

अछाम जिल्लामा पनी कांग्रेसका शिर्ष नेताहरु देखि सामान्य कार्यकर्ताहरु गाउँ बस्ती सम्म पुग्दै क्षेत्रिय प्रतिनिधीहरुलाई विभिन्न आश्वासन देखाउदैँ आफ्नो पक्षमा भोट माग्न थालेका छन् ।

जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरु भोट माग्न व्यस्त देखिन थालेका हुन । मंसिर ६ गते हुने क्षेत्रिय अधिबेशनका लागि नेता कार्यकर्ताहरु दौडधुपमा व्यस्त रहेका छन् ।

क्षेत्रिय अधिबेशनले नै महाधिबेशन प्रतिनिधीको टुंगो लगाउने भएका कारण नेताहरुको ध्यान ६ गते हुने क्षेत्रिय अधिबेशनमा बढी केन्द्रित भएको छ । २ निर्वाचन क्षेत्र रहेको अछाम जिल्लाबाट करिब २ सय जना भन्दा बढी महाधिबेशन प्रतिनिधीका उम्मेद्धार हुने आंकलन गरिएको छ ।

यसै महाधिबेशन प्रतिनिधिको दौडमा युवा तथा समाजसेवी नेता कृष्ण कुवँरले आफुलाई अघि सारेका छन् । अछाम जिल्लाको क्षेत्र नं. १ बाट खुल्ला तर्फबाट महाधिबेशन प्रतिनिधीमा उनले आफुलाई अघि सारेका हुन् ।

राजनिति भनेको व्यगित स्वार्थ भन्दा माथि उठेर समाजका लागि गरिने सेवा हो, त्यहि समाजसेवा गर्न लागि मैले ठाँउ खाजेको हुँ कुवँरले भने त्यसैले मेरो उम्मेद्धवारी महाधिबेशन प्रनितिधीमा हो ।

समाजसेवा संगै समाज परिर्वतन र विकासका लागि आफु राजनितिमा सक्रिय भएर काम गर्ने कुवँरको भनाई छ । खुल्लामा ९ मत अरु अग्रज नेतागणलाई एक मत कृष्ण भाईलाई भनेर उनले आफ्नो उम्मेद्धारी प्रस्तुत गरेका छन् ।

जीपी कोईराला प्रतिष्ठान अछामका सचिव, उद्योग वाणिज्य संघ अछामका पनि सचिव रहेका कुवँर २०५८ साल देखि नै नेसिवंघको राजनितिमा सक्रिय थिए । नेबिसंघबाट सक्रिय राजनिति सुरु गरेका कुवँर संघका केन्द्रिय महाधिबेशनमा प्रतिनिधी भएर सहभागी भएका कुवँर अज्रगलाई आदर र सम्मान, युवालाई स्थान र प्रोत्साहन भन्ने नाराका साथ महाधिबेशन प्रतिनिधीको दौडमा होमिएका छन् ।

समाजसेवामा कुवँरको सक्रियता ।

कृष्ण कुवँर एञ्जिलाको अर्को नाम हो समाजसेवा र परोपकार, कुवँरले नेपाली कांग्रेसको पार्टी संगठन निर्माणका साथै समाजेवा मार्फत जनतालाई हर बखत साथ दिईरहेका छन् । उनले खासगरी दुख, पिडामा परेका नागरिक, गरिब तथा जेहेन्दार बिद्यार्थीलाई बेलाबखतमा सहयोग गर्दै आईरहेका छन् ।

उनले हरेक बर्ष अक्षयकोष मार्फत समेत जेहेन्दार छात्रबृती समेत प्रदान गरिरहेका छन् भने विभिन्न अवसरमा अन्य क्षेत्रका बिद्यार्थीलाई समेत सहयोग गरेका छन् । कोरोना महामारीका बेला कुवँरले अग्रपंक्तीमा रहेर सहयोग गरेका छन् । बयालपाटा अस्पताललाई आर्थिक सहयोग देखि बिभिन्न सामाग्री, एक्सरे मेसिन खरिद गर्न समेत कुवँरले सहयोग गरेका छन् । कुवँरकै पहलमा बयालपाटा अस्पतालको लागि जनस्तरबाट अािर्थक सहयोग अभियानको थालनी समेत कुवँरले गरेका थिए ।

त्यति मात्र नभई कुवँरले रामारोशनका बाढी पिडितहरुलाई आर्थिक सहोय्ग र अछाम जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि समेत महत्वपूर्ण योग्दान दिएका छन् । सुदूरपश्चिममै ठुलो धनराशीको भलिबल प्रतियोगिता अछाममा गराउन उनले भुमिका खेलेका थिए । त्यस्तै अन्य खेलमा समेत उनको सहयोग छ ।

सफल व्यावसायीको रुपमा परिचित कुवँरले सामाजिक क्षेत्रमा परोपकारी काम गर्ने व्यक्तीको रुपमा समेत नाम दर्ज गराउन सफल भएका छन् भने राजिनित्मा समेत सम्भावना बोकेका व्यक्ति हुन्। परोपकारी भावनाले उनले समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् । मानिस सामाजिक प्राणी हो आफुले बर्ष भरी गरेको कमाईको ५ प्रतिशत रकम समाजलाई दिनुपर्छ भन्ने उनको धारणा छ ।

अस्पताललाई सहयोग, गरिब बिद्यार्थीलाई छात्रबृद्धि, बेदबिद्याश्रमका बटुकलाई शैक्षिक सामाग्री, आफनै लगानीमा खेलकुद प्रतियोगिता, अक्षयकोष स्थापना, लगायत काम उनले गरिरहेका परोपकारी कामका उदाहरण हुन् । उनले त्यति मात्र नभई २०७४ सालमा साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका नुमना बिद्यालयका प्राधानाध्यापकलाई शैक्षिक भ्रमण समेत गराए । पहिलो पटक निजि क्षेत्रको लगानीमा उनले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अछाममा कमजोर भएको भन्दै अन्य जिल्लामा कसरी संचालन भईरहेको छ भनेर शैक्षिक भम्रण गराएका थिए ।

क्षेत्रिय अधिबेशनबाट क्षेत्रिय सभापती गरि एक निर्वाचन क्षेत्रबाट २६ जना चयन गर्नुपर्ने कांग्रेसको बिधान अनुसार अछाम जिल्लाबाट ५२ जना महाधिबेशन प्रतिनिधि चयन हुनेछन् । ९१ वडा रहेको अछाम जिल्लामा क्षेत्र नं. १ का ४२ वडा बाट र क्षेत्र नं. २ का ४९ वडाबाट जना चुनिएका १५ सय ६७ क्षेत्रिय प्रनितिधी मतदाताका रुपमा रहेका छन् ।

प्रतिक्रिया