ताजा अपडेट
युवा नेता पुष्प भण्डारीको नेपाली काँग्रेस अछाम क्षेत्र न २ को सचिव पदका लागि लागि उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम क्षेत्र न २ को सचिव पदका लागि युवा नेता पुष्प भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाली कांग्रेस क्षेत्र न २ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले क्षेत्रिय सिचव पदमा उमेद्वारी घोषणा गरेको भण्डारीले बताए ।
नेपाल विद्यार्थी संघ अछामका सह सचिव रहेका नेता भण्डारीले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै क्षेत्रीय सचिव पदमा आफुलाई यसपटक अघि सारेका छन् । निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा ने बि संघमा क्रियाशील भएर समाजमा काम गर्दै आएका भण्डारी आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।
संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया