ताजा अपडेट
नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा
नेपाली काँग्रेस अछाम बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि नेपाली कांग्रेसकी नेत्रि पवित्रा देवी कुँवरले उम्मेदवारी घोषणा गरेकि छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेकि हुन् ।
नेपाली कांग्रेस अछामको को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि उमेद्वारी घोषणा गरेको कुँवरले बताईन ।
नपाली कांग्रेस अछाम क्षेत्र न १ कि क्षेत्रीय सदस्य, नेपाल महिला संघ अछामकी कोषाध्यक्ष र हाल साँफेबगर नगरपालिका वडा न ३ कि वडा सदस्य समेत रहेकी नेत्रि कुँवरले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा आफुलाई यसपटक अघि सारेकि छन् । निरन्तर रुपमा जिल्लामा क्रियाशील भएर समाजमा काम गर्दै आएकि कुँवर आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछिन ।
संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया