Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा लोकप्रिय नेता मोहन कुवँर

केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा लोकप्रिय नेता मोहन कुवँर

अछामको निर्वाचन क्षेत्र नम्बर १ का  लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ ।  साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य मनोनित हुनु भएको थियो । 

२०४६ सालमा पंचायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र स्थापनाका लागि पोष्टर, पम्प्लेट टाँसेर आफ्नो राजनीतिक जीवनको सुरुवात गर्नुभएका कुवँरले २०४८/०४९ मा कैलाली बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएको थियो  । तर विविध कारणबस उक्त निर्वाचन स्थगित भएको कुवँरको भनाइ छ ।.

२०४९ सालमा अछाम कैलाली सम्पर्क समितिको कार्यकारी अध्यक्ष पदमा रहेर कुवँरले नेपाली कांग्रेसको जनचेतनाका लागि कैलाली बाट अछाम आएर कालिमाटी, साँफेबगर , बयालपाटा र मंगलसेनमा सांस्कृतिक कार्यक्रम गर्नुका साथै  विद्यार्थीका हक हितका विषयमा आवाज वुलन्द पारेको कुवँर स्मरण गर्नुहुन्छ ।

२०४८ साल देखि शिक्षण पेशामा आबद्ध हुनुभएका  कुवँरले अध्यापनको अनुभव बटुलेपछि २०५५ सालमा २ वटा निजि बिद्यालय संचालनमा ल्याउनु भएको थियो  । 
२०५१/०५२ मा कैलालीबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त गर्नुभएका कुवँर धनागढ़ी उपमहानगरपालिका ५ हसनपुर बुथ कमिटीबाट प्रतिनिधि समेत रहनु भएको थियो ।

२०५३ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा उम्मेद्वारी दिएका कुवँरले अग्रजको सल्लाह अनुरुप तत्कालिन सहकर्मी हरी प्रसाद रेग्मीको पक्षमा खुलेर समर्थन गर्नुभएको थियो । उम्मेद्वारी फिर्ता लिईसकेपछि पनि आफ्नो नाममा भोट खसेको कुरा उहाँ अझै सम्झिनु हुन्छ ।

२०५८ सालमा तत्कालिन माओबादी आन्दोलनले विस्थापित भएर भारतको सुरत सहरमा साझेदारी होटल संचालन गरेर बसेको कुवँरको स्मरणमा अझै ताजा छ ।२०६०/०६१ मा नेपाल फर्केर धनगढीमा अक्सफोर्ड नामक निजि विद्यालय साझेदारीमा संचालन गरेका कुवँर शिक्षा क्षेत्रमा आफ्नो विशेष रुची भएको  बताउनु हुन्छ ।
फेरी २०६३ सालमा अछामका स्थानीय अग्रजको सुझाव र पटक पटकको अनुरोधपछि अछाम आएर अछामको साँफेबगरमा किण्डर गार्डेन नामक एकल निजि विधालय संचालन गर्नुभएका कुवँरको उक्त विद्यालय हालसम्म पनि संचालनमा छ ।

निजि विद्यालय स्थापना पछि फर्केर राजनीति र समाज सेवामा लागेका कुवँर २०७२ देखि स्थानीय तहको निर्वाचनसम्म साँफेबगर नगर विकास समितिको अध्यक्ष पदमा रहेर विभिन्न विकासका कार्यहरु गर्नुभएका कुवँरले देशभरका १० वटा नयाँ शहरहरु मध्यकै एउटा शहर  साँफेबगरको नेतृत्वमा रहि काम गरिरहनु भएको छ । एक पटक पहिले र हाल नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य कुवँरले आफ्नो पहलमा नेपाल भारत मैत्री संघ बाट एउटा एम्बुलेन्स समेत ल्याएर संचालन गर्नु भएको थियो । 

शिक्षा तर्फ विशेष रुची भएका कुवँर हाल अछाम जिल्लाकै नमुना प्राविधिक विद्यालय प्रभा धमकोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशनका लागि सबैको सुझाव सल्लाहले जित हाँसिल गर्न सकिने कुँवरको दाबि छ । उहाँले क्षेत्रीय प्रतिनिधिलाई सहयोग गरिदिन पनि अनुरोध गर्नु भएको छ । 

प्रतिक्रिया