Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस अछाममा आएको उत्साह र सभापति भरत कुमार स्वाँरको योगदान

कांग्रेस अछाममा आएको उत्साह र सभापति भरत कुमार स्वाँरको योगदान

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनले देशभर माहोेल तातेको छ । यो महाधिवेशन नजिकिएसंगै अछाममा पनि चुनावि सरगर्मी बढेको छ। 

अहिले धमाधम वडा र पालिकास्तरीय बैठक भइरहेका छन् । पार्टी कार्यालयदेखि चिया पसलमा पनि महाधिवेशनकै चर्चा छ । सर्वसाधारणदेखि कांग्रेस कार्यकर्तालाई पनि अहिले महाधिवेशन लागेको छ । अरु बेला सुनसान हुने नेताहरूका घरमा अहिले भीड बढेको छ । चोक चोकदेखि होटलसम्म जितहारको हिसाब भइरहेका छन । 

प्रत्यक्ष भेटघाटदेखि टेलिफेन, फेसबुक, ट्वीटर, टिकटक लगायत सामाजिक सञ्जालबाट मतदातासँग जोडिने क्रम बढेको छ । नेताहरुले विचार प्रवाह अगाडि बढाउन सामाजिक सञ्जाललाई प्रयोग गरेका छन् । 

कांग्रेसका ऊर्जाशीलदेखि अल्छि नेतासमेत अहिले एकाएक सक्रिय भएका छन्। क्रियाशील सदस्यदेखि वडा निर्वाचनमा खासै विवाद थिएन । पालिका अधिवेशनसम्म आइपुग्दा भने केहि विवाद सुरु भयो । 

केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भयो। केही ठाउँमा निर्वाचनबाट नेतृत्व चयन भयो । अब प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन सहज नहुने कुराको अनुमान कार्यकर्ताले लगाइसकेका छन्। अछाममा प्रदेश, क्षेत्र र जिल्लासम्म नेतृत्व हत्याउन तीव्र प्रतिस्पर्धा चलेको छ । यसले अछामी जनतामा कांग्रेसप्रतिको आकर्षण अझै कायम रहेको देखाउँछ । 

कांग्रेसलाई जीवन्त पार्ने यो ‘महायज्ञ’ जित–हारभन्दा माथि रहेको कार्यकर्ता बताउँछन् । कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो रहेको चुनावी प्रतिस्पर्धाले देखाएको छ । कांग्रेसको यो अभ्यास अन्य दलका लागि पनि सिक्ने विश्वविद्यालय भएको छ ।

कांग्रेसक अछामको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई अरु पार्टीका राजनीतिक खेलाडीले पनि चासो साथ हेरेका छन् । दलगत राजनीतिमा बिरलै देखिने आन्तरिक लोकतन्त्रको यो अभ्यासको प्रशंसा भइरहेको छ । समग्रमा कांग्रेस महाधिवेशनले अन्य दललाई आन्तरिक लोकतन्त्रको उदाहरण दिएको छ।

मलाई देशविदेशका मित्रहरूले कांग्रेस अछामको भावी नेतृत्वबारे जिज्ञासु भएर प्रश्न गर्छन् । भावी नेतृत्वलाई लिएर अछामका कांग्रेसबीच अहिले जस्तो चासो विगतमा कहिल्यै देखेको थिइनँ ।

कांग्रेसको १३ औँ महाधिवेशनमा म आफैं प्रत्यक्ष, अप्रत्यक्ष संलग्न भएको छु । अहिले नेतृत्वका लागि पार्टी बाहिरबाट भइरहेका अड्कलबाजी विगतका महाधिवेशनमा फिटिक्कै देखिएको थिएन । अर्थात्, कांग्रेस अछामको भावी नेतृत्व चयन कांग्रेसजनको मात्रै विषय रहेन । यो आम अछामबासी र अन्य जिल्लाको पनि चासोसँग जोडिएको छ । जिल्लाभित्रका संचार क्षेत्रले कांग्रेसको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धालाई पनि कम महत्व दिएको म देख्दिनँ ।

अछाममा कांग्रेस कस्तो हुनुपर्छ? यसको नेतृत्व कस्ताले लिनुपर्छ? भन्ने कुरा अब आदर्शवादी गफ मात्रै भयो । अब अछाममा कांग्रेसको आन्तरिक राजनीतिमा गुट–उपगुटको समीकरण कसरी अगाडि बढदैछ ? र, त्यसबाट चार वर्षका लागि नेतृत्वमा को पुग्ला? चासो यतिमा मात्रै सीमित छैन।हाम्रो बुलेटिनले सभापति स्वाँरको कार्यकालका उपलब्धिहरु खोतल्ने कोशिस गरेको छ ।

सभापति स्वाँरका ५ वर्ष

२०७२ फागुनमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनमा निकटतम् प्रतिद्वन्द्वी गणेश बहादुर बिष्टलाई हराउँदै सभापति निर्वाचित भएका स्वाँरले आफ्नोे ५ वर्षे कार्यकालमा कांगे्रस अछामलाई अग्रगमनको नवीन दिशामा लगेको कुरा नजरअन्दाज गर्न मिल्दैन ।

पार्टी कार्यालय निर्माण

सभापतिको जिम्मेवारी सम्हालेसँगै स्वाँरका लागि प्रमुख चुनौती थियो, पार्टी कार्यालयको भवन निर्माण । नेपाली कांग्रेस जस्तो देशकै पुरानो पार्टीको जिल्लामा कार्यालय भवन नहुनु यसअघिको नेतृत्वको प्रमुख असफलता थियो । 

त्यसमा पार्टी नेतृत्व सम्हालेका वर्तमान सभापति स्वाँरका लागि पार्टी कार्यालय बनाउने काम कम्ता चुनौतीपूर्ण थिएन । बाह्यसँगै पार्टीभित्रका अनेक बाधा अड्चनबीच स्वाँरले आफ्नै कार्यकालमा पार्टी कार्यालयको तीन तले भवन निर्माण गर्न सफल भए । सभापति स्वाँरको कार्यकालको यो ठूलो सफलता थियो । 

स्थानिय निर्वाचनमा विजयी

पूर्व गृह तथा उपप्रधानमन्त्री भीम रावलको गृह जिल्लालाई एमालेले लाल किल्ला बनाउन कुनै कसर बाँकी राखेन । त्यो अवस्थामा पनि पार्टीका लागि बलियो खम्बाझैं उभिएर निर्विवाद चुनावको टिकट बाँड्नेदेखि जिल्लामै कांग्रेसलाई बहुमत दिलाई जिल्ला समन्वय समिति आफ्नो पार्टीको नेतृत्वमा बनाउनु सभापति स्वाँरको कार्यकालको अर्को ठूलो सफलता थियो ।

प्रदेश र संघस्य चुनावमा पनि माओवादी केन्द्र र नेकपा एमाले नमिलेको भए अछामका दुवै क्षेत्रमा कांग्रेसले जित हासिल गर्न सक्ने कुरालाई नकार्न सकिँदैन ।

पार्टीको आन्तरिक कोष

पार्टीको आन्तरिक कोष पनि सभापति स्वाँको कार्यकालमा आश गरेभन्दा बढी मजबुत भएको नेपाली कांग्रेस अछामका नेता कार्यकताहरु बताउँछन । सभापति स्वाँरको नेतृत्व सफल हुनुको उदाहरण पार्टीको आन्तरिक कोष मजबुत बनाउनु पनि हो । 

जागरण अभियान र सशक्त सहभागिता

जिल्लामा सभापति भएपछि केन्दमा बस्ने अछामका नेताहरुको प्रचलन स्वाँरले आफ्नो कार्यकालमा अन्त्य गरेका छन् । कांग्रेसको जागरण अभियान वा पार्टीका सबै कार्यक्रममा सभापति स्वाँरले अछामका भुलु रहफदेखि सिउँडी सोकट, रामारोशन, ऋषिदह, खप्तडसम्म पुगेको मैले नै देखेको छु । पार्टी नेतृत्वको यो किसिमको सक्रियता बिरलै देख्न पाइन्छ ।  

प्रशिक्षण

सभापति स्वाँरले कांग्रेसका केन्द्रीय नेताहरुलाई जिल्लामा बोलाई पटक पटक प्रशिक्षण गराए । जीवन परियार र धनराज गरुङ लगातका नेताहरु प्रशिक्षण दिन आए । 

आफ्नो कार्यकालमा सभापति स्वाँरले संगठन सुदृढीकरणका लागि पटक पटक केन्द्रीय तहका नेतालाई बोलाएर प्रशिक्षण चलाएका उदाहरण छन् । उनको यो कार्य पनि सफल नेतृत्वको उदाहरण हो । 


विपत्तिमा साथ

गत वर्ष रामारोशन गाउँपालिकामो विनाशकारी बाढी आएर बजारका २५ घर बगाउँदा १७ जनाको ज्यान गयो । त्यो समयमा गाडी परै जाओस् हिँड्ने बाटोसमेत थिएन । तर सभापति स्वाँर पैदलै पीडितको घरदैलो पुगेर उनीहरुको घाउमा मलहम पट्टी लगाउने काम गरे । त्यहाँबाट फर्केर पार्टीमार्फत सहयोग अपिल गर्दै पुनः  पीडित क्षेत्रमा २८ लाख बराबरको राहत बाँडे । 

कोभिड महामारीमा पनि विभिन्न दातृ निकायहरुलाई सहयोग अपिल गरे । बयालपाटा लगायत जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग गरेको कुरा पनि आममानिसको स्मरणमा ताजै छ । बयालपाटा अस्पतालले आर्थिक अभाव देखाउँदै कर्मचारी कटौती गर्दा अस्पताललाई आर्थिक जुटाउने तर कर्मचारी पुनर्वहाली गर्ने शर्तमा उनले अग्रणी भूमिका खेलेका थिए ।

सदस्यता निर्विवाद दर्ता, नवीकरण

देशका प्रायजसो जिल्लामा क्रियाशील सदस्यता विवाद भइरहँदा सभापति स्वाँरले अछाममा भने निर्विवाद दर्ता र नवीकरण गराएर सफल नेतृत्वको गतिलो उदाहरण पेश गरे । त्यति मात्रै नभएर वडा तहको अधिवेशन सर्वसम्मत सम्पन्न गराउन सफल भए । २ पालिकाबाहेक ८ वटामा सर्वसम्मत अधिवेशन गर्न सफल भएर अरुका लागि उदाहरण देखाइदिए । 

तिब्र ईच्छाशक्तिका बाबजुद पनि समय अभावका कारण संगठनको हितमा गर्नुपर्ने केहि कामहरु अपुरा रहेकाले यदि सबै कार्यकर्ता साथ दिएमा फेरी एक कार्यकाल सभापतिमै दोहोरीने सभापति स्वाँरको भनाई छ ।

                        


 

प्रतिक्रिया