Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न

युवा नेता नरेन्द्र कुँवरले गरे नेपाली काँग्रेस अछामको सचिव पदका लागि उम्मेदारी घोषणा

युवा नेता नरेन्द्र कुँवरले गरे नेपाली काँग्रेस अछामको सचिव पदका लागि उम्मेदारी घोषणा

नेपाली काँग्रेस अछामको सचिव पदका लागि युवा नेता नरेन्द्र कुँवरले उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस अछामको पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले सचिव पदमा उमेद्वारी घोषणा गरेको कुँवले बताए ।

नेपाली कांग्रेस अछामको जिल्ला कार्य समिति सदस्यमा दुई कार्यकाल रहेर  काम गरेका कुँवरले आफु पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै जिल्ला सचिव  पदमा आफुलाई यसपटक अघि सारेका छन् । निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा नेपालि कांग्रेसमा क्रियाशील भएर समाजमा काम गर्दै आएका कुँवर आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ । सामाजिक संजाल फेसबुकमा पोष्ट गदै उनले आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

सम्पुर्ण क्षेत्रिय प्रतिनिधि महानुभाव ज्यूहरु 
जय नेपाल
हाम्रो ऐतिहासिक, महान तथा गौरवशाली पार्टी नेपाली कांग्रेस आफ्नो ऐतिहासिक जिवनकालको १४ औ महाधिबेशनको पुर्ब सन्ध्यामा रहेको सर्वबिधितै रहेको छ । यो अवस्थामा पार्टीले देशका ६७४३ वडाहरुमा, ७५३ स्थानीय तहहरुमा र आज मसिर ३ गते ३३० प्रदेश सभा स्तरमा आफ्नो अधिबेसन मार्फत नेतृत्व गर्न लागी परेको छ । यसैगरी मसिर ६ गते क्षेत्रिय निर्वाचन गरी सके पश्चात पौष २७ गते जिल्ला अधिबेशन हुन गईरहेको छ । यसै शिलसिलामा २०४६ सालको ऐतिहसिक प्रजातान्त्रीक जनआन्दोलनबाट नेबि संघको रुपमा आन्दोलनमा महवुपर्ण रुपमा सहभागी भई राजनितिक सुरुवात गर्दे २०५१ सालमा कैलाली बहुमुखी क्याम्पस धनगढीको नेबि संघ क्याम्पस ईकाईको सदस्य पदमा रही विद्यार्थीेहरुको अधिकारका निम्ती निरन्तर काम गर्दे २०५३ सालमा क्याम्पस ईकाई सभापतिको रुपमा काम गर्ने अवसर प्राप्त भयो । २०५५ सालमा ने.बि संघ जिल्ला कैलालीको सदस्य भई २०५६ सालको आम निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा ने.बि संघको संयोजक भई पार्टीका उम्मेद्धार टेक बहादुर चोख्याललाई निर्वाचित गर्न महत्पुर्ण भुमिका निर्वाह गरेको छु । त्यसपछि पनि पार्टीका बिभिन्न कृयाकलापहरुमा सक्रिय रुपमा सहभागी हुदै आएको छु । यसै सिलसिलामा ११ औ महाधिबेशनबाट मलाई जिल्ला कार्यसमित अछामका तत्कालिन पार्टी सभापति मेघराज खड्काबाट जिल्ला कार्यसमितिमा मनोनित गरी पार्टीमा काम गर्ने अवसर प्राप्त भयो । १२ आंै महाधिबेशनमा जिल्ला कार्यसमितिको खुल्ला सदस्य तर्फबाटको रुपमा आफुलाई उम्मेद्धार भई प्रतिनिधिहरुको साथ र सहयोगमा बिजयी प्राप्त गरे । तत्कालिन ईलाका नम्बर ३ को संयोजक भई पार्टीका हरेक निर्देशन पालना गर्दे संगठन बिस्तार गर्ने अवसर मिलेको थियो । आफ्नो जिम्मेवारी पनि पुरा गरेको थिए । १३ औं महाधिबेशनमा केहि प्राबिधिक कारणले प्रत्यासी भएको थिए । 
प्रीय साथीहरु 
नेपाली काग्रेस १४ आंै महाधिबेशन अन्र्तगत यहि मंसिर १० गते जिल्ला अधिबेशन हुन गईरहेको छ । उक्त जिल्ला अधिबेशनमा हजुरहरुको साथ सहयोगको ठुलो अपेक्षा गरेको छु । यस अधिबेशनमा मेरो उम्मेद्धारी जिल्ला कार्यसमिति अछामको सचिव पदमा रहनेछ । दुई कार्यकाल जिल्ला कार्यसमिति सदस्य भई सकेकाले अब पार्टीलाई थप मजबुद, मर्यादित, सबल, सक्षम, अनुसासित, एकताबद्ध, बैज्ञानिक कांग्रेस, आधुनिक कांग्रेस र डिजिटल कांग्रेस  बनाउनका साथै वडा स्तरिय वडा कार्यसमिति, पालिका स्तरिय पालिका कार्यसमिती, प्रदेश कार्यसमिति बिच समंन्वयात्मक भुमिकाका साथ पार्टीलाई थप मजबुद र बलियो बनाउनका लागी मेरो उम्मेद्धारी जिल्ला सचिव रहेकाले सम्पुर्ण आदणिय क्षेत्रिय प्रतिनिधि ज्युहरुमा सहयोगका लागि बिनम्रका साथ अनुरोध गर्दछु । मलाई जिल्ला सचिब पदमा अत्याधिक बहुमतका साथ बिजयी गराईदिनहुन अनुरोध गर्दछु । 
                                   जय नेपाल
                     जिल्ला सचिव पदका उम्मेद्धार नरेन्द्र कुँवर


 

प्रतिक्रिया