ताजा अपडेट
सोलुखुम्बुकी पूजा फुँयाल बनिन कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि
सोलुखुम्बुकी २१ वर्षीया पूजा फुँयाल नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न अधिवेशनमा खसआर्य महिलातर्फ टंकीमाया बस्नेतसँग समान ४ सय ३ मत ल्याएपछि गोलाप्रथाबाट फुँयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाबाट कान्छी क्षेत्रीय प्रतिनिधि बनेकी फुँयाल हालसम्म निर्वाचितमध्ये कान्छी महाधिवेशन प्रतिनिधि हुन् । सानोठिमी क्याम्पस भक्तपुरकि स्ववियु सदस्यसमेत रहेकी फुयाँलले महाधिवेशन प्रतिनिधि निर्वाचित हुन पाउँदा गर्व महसुस गरेको बताइन् ।
कांग्रेसलाई आफूजस्तै युवाहरुको आकर्षणको केन्द्र बनाउन सकेको योगदान गर्ने फुँयालको भनाई छ । ‘कांग्रेस युवाहरुको पनि पार्टी हो । युवाहरुको भविष्य कांग्रेसमै छ भन्ने स्थापित गर्नेगरी सक्रिय रहन्छु,’ उनले हाम्रो बुलेटिनसँग भनिन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया