ताजा अपडेट
दुखदः वडा अध्यक्ष कोरोना संक्रमित, श्रीमतिको करेन्ट लागेर मृत्यु, छोरा घाईते
११ साउन, रौतहट ।
रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ भने उनकी श्रीमतिको करेन्ट लागेर मृत्यु भएको छ । साथै उनका छोरा घाईते भएका छन् । अहिले वडा अध्यक्षलाई आईसोलेसनमा राखिएको छ । यसप्रति स्थानीयवासी निकै दुखः बनेका छन् ।
काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।
२० बर्सिय छोरा निरन्जन यादबलाइ घरमा काम गर्दा करेन्ट लागेपछि वडा अध्यक्षका श्रीमती ५० बर्सिय राघो देबि बचाउन गएकि थिइन।करेन्टबाट घाइते छोरा र श्रीमतीलाई उपचारको लागि गौर अस्पताल ल्याइए उपचारको क्रममा उहाँको श्रीमतीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।छोरा निरन्जनको उपचार गौर अस्पतालमा चलिरहेको छ।पहिले देखि मुटु र चिनी रोगले ग्रसित वडा अध्यक्ष यादबले काठमाडौ जानको लागि हेटौंडामा पिसिआर टेस्ट गराए पछि रिपोर्ट पोजेटिभ आएको थियो।यता वडा अध्यक्ष श्रीमतीको संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ ।
‘वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनेका छौं,’ राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने, ‘अस्पतालदेखि दाहसंस्कारसम्म वडाध्यक्ष नजिक भएका व्यक्तिहरुको परीक्षणको काम सुरु गराउँदैछौं ।’ मिरमिरे अनलाईन
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया