ताजा अपडेट
फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित
फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित भएको छ । अछाम जिल्ला क्षेत्र न १ मा मतदाता भन्दा १८ मत बढी मत पेटिकामा भेटिएको भन्दै मत गणना कार्य स्थगित भएको हो ।
कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र न १ मा ७५७ मत खसेको भनेर निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मत गनिसकेपछी बाँकी रहेका मत पेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरुले गुनासो गरेका छन् । .
अब के हुन्छ भनेर एकिन गरि भन्न नसकिने र कसरि यस्तो हुन गयो भनेर निर्वाचन कमिटि र उम्मेदवारहरु बीच छलफल भैरहेको निर्वाचन कमिटीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया