Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाइरहेको छ । बैंकले देशभरका आफ्नो शाखा भएका सबै ठाउँमा प्रतिनिधि राखेर यो अभियान सञ्चालन गरेको हो । 

यो अभियानमा बजारमा डिजिटल प्रोडक्ट के–के उपलब्ध छन् ? डिजिटल बैंकिङ प्रोडक्टहरू कसरी प्रयोग गर्ने ? प्रयोग गर्दा ग्राहकलाई के फाइदा हुन्छ ? यो कत्तिको सुरक्षित छलगायत जानकारी दिइने ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ अफिसर शान्ता शिवाकोटीले जानकारी दिइन् ।  

‘डिजिटल बैंकिङ हुन्छ भन्ने धेरै जनालाई थाहा छ तर यसले के फाइदा पुग्छ भन्ने थाहा छैन । हामीसँग अभियानमा जोडिन आउनुभएका ग्राहकसँग एप छैन भने डाउनलोड गर्न लगाएर भए पनि तत्काल ट्रान्जेक्सन गर्न सिकाउँछौँ,’ उनले भनिन् । 

यो अभियानले ग्लोबल आईएमई बैंकको मात्र नभएर सबै देशलाई नै राम्रो उनले बताइन । पछिल्लो समयमा डिजिटल बैंकिङ बढे पनि जति हुनुपर्थ्यो, त्यति नभएका कारण यो अभियान सुरु गरिएको शिवाकोटीले जानकारी दिइन् । यो अभियानले विशेषत: दुर्गम भेगका ग्राहकहरू धेरै उत्साहित भएको उनको अनुभव छ । 

‘दुर्गम भेगमा थोरै रकम ट्रान्जेक्सन गर्न पनि २/३ घण्टा हिँड्नुपर्ने बाध्यता छ । उहाँहरूलाई डिजिटल ट्रान्जेक्सनका बारेमा सिकाउँदा निकै उत्साहित हुनुभयो,’ उनले भनिन् । 

यो अभियानअन्तर्गत एउटा ठाउँमा गरिएको कार्यक्रममा १ सय ५० देखि ३ सय जनालाई वित्तीय साक्षरता दिलाउने बैंकको लक्ष्य छ । हाल यो अभियान प्रदेश ३ मा काठमाडौं उपत्यकाबाहेक सबैजसो शाखामा सकिएको छ भने अन्य ठाउँमा पनि भइरहेको छ । हाल ग्लोबल आईएमई बैंकका ७६ वटा जिल्लामा गरी कुल २ सय ८७ वटा शाखाहरू छन् । 

प्रतिक्रिया