Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

देशव्यापी रूपमा डिजिटल बैंकिङ सिकाउँदै ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाइरहेको छ । बैंकले देशभरका आफ्नो शाखा भएका सबै ठाउँमा प्रतिनिधि राखेर यो अभियान सञ्चालन गरेको हो । 

यो अभियानमा बजारमा डिजिटल प्रोडक्ट के–के उपलब्ध छन् ? डिजिटल बैंकिङ प्रोडक्टहरू कसरी प्रयोग गर्ने ? प्रयोग गर्दा ग्राहकलाई के फाइदा हुन्छ ? यो कत्तिको सुरक्षित छलगायत जानकारी दिइने ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ अफिसर शान्ता शिवाकोटीले जानकारी दिइन् ।  

‘डिजिटल बैंकिङ हुन्छ भन्ने धेरै जनालाई थाहा छ तर यसले के फाइदा पुग्छ भन्ने थाहा छैन । हामीसँग अभियानमा जोडिन आउनुभएका ग्राहकसँग एप छैन भने डाउनलोड गर्न लगाएर भए पनि तत्काल ट्रान्जेक्सन गर्न सिकाउँछौँ,’ उनले भनिन् । 

यो अभियानले ग्लोबल आईएमई बैंकको मात्र नभएर सबै देशलाई नै राम्रो उनले बताइन । पछिल्लो समयमा डिजिटल बैंकिङ बढे पनि जति हुनुपर्थ्यो, त्यति नभएका कारण यो अभियान सुरु गरिएको शिवाकोटीले जानकारी दिइन् । यो अभियानले विशेषत: दुर्गम भेगका ग्राहकहरू धेरै उत्साहित भएको उनको अनुभव छ । 

‘दुर्गम भेगमा थोरै रकम ट्रान्जेक्सन गर्न पनि २/३ घण्टा हिँड्नुपर्ने बाध्यता छ । उहाँहरूलाई डिजिटल ट्रान्जेक्सनका बारेमा सिकाउँदा निकै उत्साहित हुनुभयो,’ उनले भनिन् । 

यो अभियानअन्तर्गत एउटा ठाउँमा गरिएको कार्यक्रममा १ सय ५० देखि ३ सय जनालाई वित्तीय साक्षरता दिलाउने बैंकको लक्ष्य छ । हाल यो अभियान प्रदेश ३ मा काठमाडौं उपत्यकाबाहेक सबैजसो शाखामा सकिएको छ भने अन्य ठाउँमा पनि भइरहेको छ । हाल ग्लोबल आईएमई बैंकका ७६ वटा जिल्लामा गरी कुल २ सय ८७ वटा शाखाहरू छन् । 

प्रतिक्रिया