Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सहकारिको नाममा जनता मात्रै हैन सरकारलाई पनि ठगे गोविन्द शाहले

सहकारिको नाममा जनता मात्रै हैन सरकारलाई पनि ठगे गोविन्द शाहले

नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गोविन्द वहादुर शाह अध्यक्ष रहेको जनता बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौ रकम हिनामिान भएको रहस्य खुलेको छ । २०७० साल बैसाख १९ गते सहकारी बिभाग डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता नम्बर ४०७/०६९/०७० मा दर्ता भएको उक्त सहकारीका करिब १६ सय सेयर सदस्यहरुबाट संकलन भएको करिब ४४ लाख बढी रुपयाँ हिनामिना भएको देखिएको छ ।

जनता सहकारीको संचालक समिति सदस्यबाट राजिनामा दिएकी शेयर सदस्य राधिका भुजेलका आनुसार अध्यक्ष गोबिन्द वहादुर शाहले संचालक समितिका अन्य केही पदाधिकारीहरुको मिलोमतोमा सहकारीको रकम हिनामिना गरिएको हो । संस्थाले हाल सम्म के कति प्रगति गर्यो के कति आम्दानी वा खर्च गर्यो भनि बार्षिक साधारण सभा बोलाई यस संस्थाका शेयर पुजि लगानी कर्ता र संस्थाको लेखापरिक्षण समेत गर्दै आउनु पर्नेमा सो केही नगरी शेयर लगानी कर्ता र कार्य समितिलाई कुनै जानकारी नगराई आफ्नो पैत्रिक सम्पति जस्तो एकाधिकार गरी यस संस्थाका शेयर लगानी कर्ताहरु लगभग १६ सय शेयरधनीहरुलाई गुमराहमा राखी आर्थिक हिनामिना गरेको भुजेलले बिज्ञप्तीमा उल्लेख गरेकी थिईन ।

आफु एक सचेत नागरिकको हैशियतले सोझासाझा जनताबाट जम्मा हुन आएको रकमलाइ दुरुपयोग हुनबाट रोक्न नसकेकीले दुरुपयोग गर्ने निज गोबिन्द बहादुर शाह र निजको इशारामा रहेका कार्य समितिका पदाधिकारीहरुको लापर्बाहिले गर्दा यो संस्थाका हजारौ सेयर सदस्यहरुको जम्मा गरेको रकमको कुनै लेखाजोखा नै नभएकाले आफुले पटक पटक संस्थाका पदाधिकारीहरुलाई सचेत गराउँदा पनी कुनै सुनुवाई नगरेकाले संस्थाको संचालक समितिको सदस्य पदबाट स्वईच्छा पुर्वक राजिनामा गरेको कुरा विज्ञक्तिमा भनेकी थिईन ।

नेपाली काँग्रसका नेता तथा पुर्ब सुचना तथा संचार राज्य मन्त्रि गाबिन्द वहादुर शाह अध्यक्ष रहेको सहकारी संस्थाले २०६९ साल देखि हाल सम्म  सम्म आफ्नो घर संस्थाको कार्यालय संचालनका लागीे मासिक घर भाडा संस्थामा शेयर लागानी गरेको रु २ लाख आफुले नपाएको भुजेलले बिज्ञप्तीमा उल्लेख गरेकी थिईन ।

संस्थाका अध्यक्ष गोविन्द शाह ले आर्थीक बर्ष २०७० /०७१ देखी सरकार लाई बुझाउनु पर्ने आय व्यय विवरण र कर समेत नेपाल सरकारलाई नबुझाएको नेपाल सरकारको आन्तरिक राजस्व कार्यालयको वेब साईटमा स्पष्ट देख्न सकिन्छ ।

प्रतिक्रिया