Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ। 

आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ।

आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुने छ। 

नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ। 

सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने छ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।  

चार हजार ७४३ प्रतिनिधि
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन्।

सभापतिका लागि ३० हजार शुल्क

नेपाली कांग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा–छुट्टै शुल्क निर्धारण गरिएको छ। सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ।

“'पसभापति र महामन्त्री २५–२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ। सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ।' उनले भने।

अलग–अलग मापदण्ड

नेपाली कांग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्य बन्न अलग–अलग मापदण्ड तोकिएको छ। विधानअनुसार ‘केन्द्रीय महाधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुनेछन्।

कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट उपसभापति र महामन्त्री निर्वाचित गर्ने प्रावधान विधानमा छ। सहमहामन्त्री पदको उम्मेदवार बन्न पनि १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ। विधानअनुसार १० वर्ष केन्द्रीय महाधिवेशनका प्रतिनिधि भएका मध्येबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन्।

केन्द्रीय कार्यसमिति सदस्य पदमा प्रत्यक्षतर्फ ३५ जना सदस्य निर्वाचित हुनेछन्। महिलातर्फ नौ जना प्रत्यक्ष निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय कार्यसमितिका लागि सात प्रदेशबाट २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन्।

दलिततर्फ चार महिलासहित नौ जना, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना, खसआर्यतर्फ छ महिलासहित १३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। मधेसीतर्फ चार महिलासहित नौ, थारुतर्फ दुई महिलासहित चार, मुस्लिमतर्फ एक महिलासहित तीन र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

अल्पसङ्ख्यक र अपाङ्गता भएकातर्फ एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विधानमा केन्द्रीय कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ। विधानमा भनिएको छ, 'समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गरिनेछ।’

 

प्रतिक्रिया