Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

कैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश  दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए।

उनका अनुसार लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकापुरकै २५ वर्षीय सोहन शाहलाई कारागार चलान गरिएको छ।

यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सविनजंग शाही भने धरौटीमा छुटेका छन्।

उनीहरु ३ जनामाथि बडुुवालको हत्याका अभियुुक्तलाई सघाएको (मतियार) आरोपमा मुद्दा चलाइएको थियो।

लम्की, टीकापुर र चिसापानी क्षेत्रमा युुवाहरुको समूह बनाएर आपराधिक गतिविधिमा संलग्न नवीन रावल र जयन्द्र शाहको समूूहबीच आपसी झगडाका कारण बडुुवालको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो।

हत्या आरोपी रावल र शाहसहितका ९ जना अझै फरार छन्। बडुवालको कात्तिक २३ गते टीकापुरमा हत्या भएको थियो।

फरारहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया