Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कैलालीमा युवकको घाँटी रेटेर हत्या गरि हत्याको जिम्मेवारी लिने को हुन् ?

कैलालीमा युवकको घाँटी रेटेर हत्या गरि हत्याको जिम्मेवारी लिने को हुन् ?

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको विभत्स हत्यापछि बाहिरिएको अडियोबारे प्रहरीले छानबिन थालेको छ। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

उक्त फोन रेकर्ड मृतकी श्रीमतीबाट बरामद भएकोप्रहरी स्रोतले जनाएको छ। मृतकी श्रीमतीलाई फोन रेकर्ड पठाउने व्यक्ति र फोनमा कुराकानी गर्ने व्यक्तिको खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन्।

प्रहरीले बरामद गरेको अडियोमा भनिएको छ, ‘घाटी अलग छ शरिर अलग छ। तपाईँ एक÷दुई दिनमा थाँहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।

‘मनोज अहिले फरार छन्,’ एसपी अधिकारीले दिनेशखबरलाई भने, ‘हत्यामा ४÷५ जना संलग्न भएको देखिन्छ।’ प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ। उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ। त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ।

कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते नै तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर फर्किएको छ। मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।

स्थानीयका अनुसार दास भने नेपाल–भारत आउजाउ गरिरहन्थे। एक प्रहरी अधिकारीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको सो क्षेत्रमा लागुऔषधकै विषयमा भएको विवादले विभत्स हत्या निम्त्याएको हो।

प्रतिक्रिया