ताजा अपडेट
अछामको रामारोशन लगाएत सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहका वडा विभाजन गरिने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङ गरेर दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिससहित विभिन्न पाँचवटा निर्णय गरेको हो ।
प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सातवटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् ।
गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् । यस्तै प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको प्रथम पन्चवर्षीय योजना आर्थिक वर्ष २०७८र७९ देखि २०८२र८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश राजपत्र छपाई मेसिनमा प्राविधिक दुई जना र एकजना कार्यालय सहयोगी गरेर तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा गर्ने सम्बन्धी निर्णय गरिएको मन्त्री जोशीले जानकारी दिइन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया