ताजा अपडेट
लोकप्रिय युवा नेता अरुण कुँवरको कैलाली जिल्ला कमिटी सदस्य (खुल्ला) मा उम्मेदवारी
नेकपा (एमाले) कैलालीको अधिवेशनमा आज निर्वाचन प्रक्रियाको कामहरु अघि बढिरहेको छ। सहमतिमा नेतृत्व टुंगो नलाग्ने भएपछी अध्यक्षका उम्मेदवारहरु प्यानलै बनेर निर्वाचनमा होमिएका छन। पदाधिकारीमा प्यानल भएपनि सदस्यहरुमा युवा देखि सबै वर्गका नेताहरुले आ- आफ्नो ढ्ङ्गले उम्मेदवारी दर्ता गराएका छन।
रास्ट्रीय युवासंघ नेपालका स्थायी कमिटी सदस्य एवं युवा व्यवसायी अरुण कुँवरले पनि जिल्ला कमिटी सदस्य(खुल्ला) मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन।
कुँवर लोकप्रीय युवा नेता भएकाले दुइटै पक्षका नेताहरुले आ- आफ्नो प्यानलमा उनलाई समेट्न प्रयासमा देखिएको छ। युवाहरुलाई पनि हरेक कमिटीमा नेतृत्वमुलक सहभागिताको माग राखि आफुलाई कुनै प्यानलमा नराखिकन युवाहरुले उम्मेदवारी घोषणा गरेका छन। यसै अनुरुप युवा नेता कुँवरले पनि आफुलाई प्यानलमा प्रस्तुत नगरी आम प्रतिनिधिहरुले युवापङ्तिलाई आजको आवस्यकता ठानेर जिताउने ठोकुवा गरे।
युवाहरुमा निकै लोकप्रीय मानिएका र पार्टिको हरेक जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेका कुँवर अत्याधिक मतका कारण आफू विजयी हुने पुर्ण आशावादी छन।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया