Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १८ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा एमाले कार्यकर्ता बिच आपसमा कुटाकुट

अछाममा एमाले कार्यकर्ता बिच आपसमा कुटाकुट

रमेश रावत, अछाम

नेतृत्व चयनमा रहेको एमाले अछाममा एउटा गुटमा हानाहान भएको छ । अध्यक्ष पदका प्रत्यासी रहेका चन्द्र बोहरा निकट युवाहरू बिच कुटाकुट भएको छ । नेतृत्वका बिषयमा भएको बिवादका क्रममा कुटाकुट हुदा युवा संघ अछामका जिल्ला इन्चार्ज कपिल भण्डारी सामान्य घाईते भएका छन् ।

मङ्गलसेन स्थित होटल दरवारमा आईतवार अवेर साँझ बिवाद हुदा स्थानीय कम्मान बोगटीले फलामको रड प्रहार गरेपछि युवा संघ अछामका इन्चार्ज कपिल भण्डारीको टाउकोमा चोट लागेको एमाले श्रोतले जानकारी दिएको छ । यस बिषयमा ईन्चार्ज भण्डारले सामान्य बिवाद भएको बताएका छन । उनले भने 'सामान्य बिवाद हो । मिडियामा ल्यायो भने झन राम्रो हुदैन । म ठिक छु'। श्रोतका अनुसार झगडाको मिलापत्र चलिरहेको छ ।

घटना सङ्ग सम्बन्धित एक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा कुटाकुटका बिषयमा कुराकानी भएको छ । भिडियोमा केही युवाहरु अस्पतालमा ओहोर दोहोर गरिरहेका छन । फलामको रड प्रहार गर्ने कम्मान बोगटी अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी निकट मानिन्छन् । बोगटी र भण्डारी दुवै जना एमाले अछामको अध्यक्षका प्रत्यासी चन्द्र बोहरा पक्षधर हुन ।

प्रतिक्रिया