Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एमाले अछामको खुला सदस्यमा देवराज जैसीको उम्मेद्वारी

एमाले अछामको खुला सदस्यमा देवराज जैसीको उम्मेद्वारी

अछाम ।

नेकपा (एमाले) अछामको खुला सदस्यमा देवराज जैसीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । शिक्षण पेसाबाट अलग भएर राजनीतिमा प्रवेश गर्नुभएका मंगलसेन–५ का जैसी सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ जैसीको छ । २०३७ सालबाट विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका इलाका कमिटी, जिल्ला सल्लाहकार सदस्य र केही महिना जिल्ला कमिटी सदस्यमा काम गरेको अनुभव रहेको छ ।

मंगलसेनमा महासचिव नामले चिनिनु हुने जैसीले नेकपा (एमाले) अछामको सदस्य हुँदै सल्लाहकार सदस्यसम्म आफ्नो कार्य सफलतापूर्वक पूरा गरिसक्नु भएको छ । राजनीतिसँगै निर्माण सम्बन्धि काममा संलग्न रहनुभएका जैसीले पार्टीलाई एकताबद्ध बनाएर जिल्लाको विकासमा क्रियाशिलतका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय र सहयोगी जैसीले यसअघि पार्टीकोतर्फबाट उद्योग बाणिज्य संघ अछामको महासचिव, षोडशा माविको विद्यालय व्यवस्थापन, सहकारी तथा अन्य सामाजिक संघसंस्थाको नेतृत्व गरिसक्नुभएको छ ।  
‘तपाइको निर्णयमा मेरो आवाज’ मुल नाराका साथ सबैको भावना प्रतिनिधित्व हुने गरेर आफूले काम गर्ने भएकोले मत दिन सबै प्रतिनिधिमा अपिल गर्नुभएको छ । साथमा गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको गढ भएको मंगलसेन नगरपालिका–५ को वडा अध्यक्ष पदमा जैसीले सम्मानजनक मत ल्याउनुभएको थियो । अनुभवी क्षमतावान र पार्टीप्रति पूर्ण जिम्मेवार जैसीलाई खुला सदस्यमा मत दिन सबै प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया