Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एमाले अछामको सदस्यमा माया देवि बुढाको उम्मेद्वारी

एमाले अछामको सदस्यमा माया देवि बुढाको उम्मेद्वारी

नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशनमा संचार क्षेत्रको संचालन र विकास सक्रिय एक जना अगुवा महिला ले पनि जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । रेडियो रामारोशन संचालक समितिका सदस्य समेत रहनु भएका जिल्लाको अगुवा सामाजिक संस्था सुदुर संचार समाजका कोषाध्यक्ष मायादेवी महिला तर्फ खुलामा जिल्ला कमिटी सदस्यमा युवाको प्रतिनिधित्व गरेर मनोनयन दर्त गराउनु भएको हो ।

कोभिडको पहिलो लहर र दोस्रो लहरमा रेडियो रामारोशनमा कार्यरत संचारकर्मी कर्मचारी लाई समयमै पारिश्रमिक उपलब्ध गराउन र पछिल्लोपटक रेडियो रामारोशनको स्तरोन्नतिमा संचालक समिति सदस्य माया देवि बुढाको महत्त्वपूर्ण भूमिका रहेको छ ।आफ्नो काम र भूमिकाको बिषयमा सार्वजनिक कुरा गर्न रुचि नराख्ने बुढा रेडियो रामारोशनको संचालन र विकासमा एक दसक देखि क्रियासिल हुनुहुन्छ । हाल काम विषेशले सदरमुकाम मंगलसैन बस्ने ढकारी निवासी उहाँको सक्रियता जिल्ला स्थित विभिन्न धार्मिक लगायत सामाजिक संघ संगठनमा पनि उत्तिकै छ ।

पार्टीको कामको सिलसिलामा सदरमुकाम , जिल्लाको २ नम्बर क्षेत्रको मुकाम कमलबजार र आफ्नो पालिका ढकारी ओहोरदोहोर चलिरहेको हुन्छ । साविकको इलाका नम्बर १२ र ढकारी गाउँ पालिकामा जन संगठन अखिल नेपाल महिला संघ मार्फत एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेकपा एमाले अछामका पुराना नेता साबिकको बस्ती गाविसका पुर्व अध्यक्ष लाल बहादुर थापाकि पुत्री उहाँ सानै उमेर देखि एमालेमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया