ताजा अपडेट
अनिल कुवँरको अध्यक्षतामा अछाम क्यानको ११ सदस्यीय नयाँ कार्य समिति चयन
अछाममा क्रिकेट संघ अछामको चौथो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै साँफेबगरमा सम्पन्न भएको छ । साधारण सभाले साँफेबगरका अनिल कुवँरको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
क्रिकेट एसोशिएन नेपाल क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीको उपस्थितीमा भएको चौथो साधारण सभाले नयाँ कार्य समिती गठन गरेको हो ।
सर्वसम्मत रुपमा चयन भएको कार्यसमितीको उपाध्यक्षमा धिरेन्द्र सावद, सचिवमा चादनी शाह र कोषाध्यक्षमा चक्र सुनार रहेका छन् ।
संघको सदस्यहरुमा प्रेम कुवँर, लक्ष्मण नाथ योगी, कृष्ण कुवँर, यज्ञराज ढुंगाना, तपेन्द्र ओली, बिनोद खत्री, शिबराज स्वाँर, लोकेन्द्र खत्री र गणेश तिरुवा रहेका छन् ।
कार्यक्रममा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता राजन कुवँरले अछाम जिल्लामा पछिल्लो चरणमा बिभिन्न खेलको विकासक्रम बढ्दोक्रममा रहेकोमा खुशी व्यक्त गरे । खेल क्षेत्रको विकासका लागि आफु र कांग्रेस पार्टी जहिले साथमा रहेको उनको भनाई थियो ।
अछाम टिमका पुर्व कप्तान तथा सुदूरपश्चिम टिमबाट राष्टिय खेलाडी रहेका कुवँरको अध्यक्षतामा समिती गठनले अछाममा क्रिकेटको विकासले गति लिने अपेक्षा गरिएको छ । निबर्तमान अध्यक्ष प्रेम कुँवरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया