Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नवनियुक्त मन्त्री शाही : प्रअदेखि मन्त्रीसम्म

नवनियुक्त मन्त्री शाही : प्रअदेखि मन्त्रीसम्म

दैलेखको क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नं. ख बाट कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् । आइबार मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्री शाही नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दल सचेतक समेत हुन् ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका ४ तिलुखानामा बुवा मानबहादुर शाही र आमा पान्सरा शाहीको कोखबाट वि.सं. २००४ भदौं २६ जन्म लिएका हुन् ।

नवनियुक्त मन्त्री शाहीले प्रमाण पत्र तहको शैक्षिक योग्यता हासिल गरेका छन् । उनले विद्यालयको प्रधानाध्यापकदेखि विभिन्न अवधिमा सार्वजनिक पद धारण गर्दै हाल मन्त्री नियुक्त भएका छन् ।

शाही प्रथमपटक २०२९ सालमा तोलीजैसी प्राविको प्रअ भएका थिए ।

मन्त्री शाहीले कम्युनिष्ट विचारधारबाट राजनीतिक प्रवेश गरेपनि २०३२ सालमा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेका हुन् । शाहीले २०३२ साल माघ ७ र ८ गते भारतको बनारसमा जननायक विश्वेश्वर प्रसाद कोइरालाासँग भेटवार्ता गरी नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका हुन् ।

उनले पार्टीको सदस्यता प्राप्त गरेपश्चात २०३२ सालमै प्रतिबन्धीत नेपाली कांग्रेसको दैलेखमा जिल्ला कार्य समिति गठन गरेका थिए । त्यसबखत शाहीसहित गणेश बहादुर खड्का, रविन्द्रराज श्रेष्ठ, डिल्लीनाथ योगीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२०३३ साल बैशाखमा गाउँफर्क अभियान अन्तरगत शाही तिलुखानाको उपप्रधान पञ्च मनोनीत भै २०३५ सालमा राजीनामा दिएका थिए ।

शाहीसँग २०३४ सालबाट पटक पटक विभिन्न पक्षबाट गिरफतार भै जेल जीवन बिताएको अनुभव छ ।

२०३८ सालमा पार्टीको जिल्ला कार्यसमिति पुर्नगठन भै सभापति गणेश खड्का नेतृत्वको समितिमा सह सचिवको शाही थिए भने २०४० सालमा पार्टीको जिल्ला कोषाध्यक्ष भै कामकाज गरेका थिए ।

२०४९ बैशाखमा भएको स्थानीय निर्वाचनमा चामुण्डा गाविस वडा नं. ५ बाट गा.स.स. पदमा अत्यधिक बहुमतले विजयी भएका थिए ।

जनप्रतिनिधीको भूमिकामा रहेका शाही २०४९ देखि २०५४ सम्म दैलेख जिल्ला विकास समितिको सभापति पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गरे । जिविस सभापति हुँदा शाहीले तत्कालीन विजया माध्यामिक विद्यालय र तत्कालीन त्रिभुवन माध्यामिक विद्यालयलाई उच्च माध्यामिक तहका लागि शिक्षा बाट स्वीकृती प्राप्त गरे भने सुर्खेत दैलेख सडक, डुंगेश्वर दुल्लू डाडीमाडि हुँदै पिपलकोट सडक शिलान्यास गरेका थिए ।

शाही २०४९ देखि २०५३ सम्म पार्टीको जिल्ला सचिव भएका थिए ।

शाही दैलेख जिल्लाबाट तत्कालीन विद्रोही पक्ष माओवादीलाई शान्तिपूर्ण वार्तामा आउन आउन आह्वान गर्दै २०५६ फागुन ७ माओवादीलाई बन्दुकको परेट होइन ब्रेनको परेट खेलौं भन्दै अपिलकर्ताको रुपमा देखिए ।

नेपाली कांग्रेसको सातौं महाधिवेशनबाट शाही केन्द्रीय राजनीतिमा प्रस्तुत हुँदैं दैलेखबाट पटक पटक महाधिवेशन र महासमिति प्रतिनिधी समेत चुनिदै आएका छन् ।

आफ्नो क्षेत्रको विकास निर्माणमा पहल गर्दै आएका शाहीले अब समग्र प्रदेशको कानुनलाई मजबुद् बनाउन अग्रही भूमिका निर्वाह गर्ने उनको योजना छ ।

प्रतिक्रिया