Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रुपान्तरण कक्षाका अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्बन्धि साप्ताहिक कक्षा सुरु

रुपान्तरण कक्षाका अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्बन्धि साप्ताहिक कक्षा सुरु

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा रुपान्तरण कक्षाका अभिभावकलाई सकारात्मक कक्षा सञ्चालन भएको छ। आस्था नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका अभिभावकहरूलाई सकारात्मक अभिभावकत्वका सीपबारे जानकारी गराउन थालिएको छ ।बालबालिकाको पालन पोषण र शिक्षामा आफू कसरी प्रभावकारी हुने भन्नेअभिप्रेरणा सहित क्षमता अभिबृद्दी गर्ने उद्देश्यले कक्षा सञ्चालन भएको हो ।

अछामको पुर्वी क्षेत्र पञ्चदेवल बिनायक नगरपालिकाका ६ वटा वडा र कमलबजार नगरपालिकाका ४ वटा वडा गरि जम्मा १० वडामा कार्यक्रम संचालन भएको छ । त्यस्तै अछामको पश्चिम क्षेत्रमा मेल्लेख गाँउपालिकाका ८ वटै वडा र साँफेबगर नगरपालिकाको ४ नम्बर वडामा गरि सञ्चालन हुन हुन थालेको हो।

आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्दका अनुसार सकारात्मक अभिभावकत्व सम्बन्धिका कक्षाहरुमा विषेश गरि परिवारको उद्देश्य र मुल्यमान्यता ,असल परिवारको परिकल्पना,बालबालिकाको स्वभाव र व्यक्तित्व पहिचान,अभिभावकत्वका शैलिहरु,छोराछोरी प्रती गरिने व्यबहार ,बालबालिका हुर्काउने तरिका ,बाल अधिकारबारे अवधारणागत स्पष्टता ,बाल संरक्षणका सवालहरु उठान गरिने भएका हुन ।

त्यस्तै बालबालिकाका समस्यामुलक स्वभावको पहिचान र समाधान,सकारात्मक अनुशासन बिधि र तनाव व्यवस्थापन ,बालबालिकासँगको संचार सम्बन्ध र लैङ्िगक समाजिकरण लगायतका विषय वस्तु बारेमा कक्षा सञ्चालन गरिने चन्दले बताउनु भयो । सकारात्मक अभिभावक बन्न प्रेरित गर्ने उद्देश्य रहेको कुरा उहाँको भनाइ छ ।

प्रतिक्रिया