Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रुपान्तरण कक्षाका अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्बन्धि साप्ताहिक कक्षा सुरु

रुपान्तरण कक्षाका अभिभावकहरुलाई सकारात्मक अभिभावकत्व सम्बन्धि साप्ताहिक कक्षा सुरु

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा रुपान्तरण कक्षाका अभिभावकलाई सकारात्मक कक्षा सञ्चालन भएको छ। आस्था नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका अभिभावकहरूलाई सकारात्मक अभिभावकत्वका सीपबारे जानकारी गराउन थालिएको छ ।बालबालिकाको पालन पोषण र शिक्षामा आफू कसरी प्रभावकारी हुने भन्नेअभिप्रेरणा सहित क्षमता अभिबृद्दी गर्ने उद्देश्यले कक्षा सञ्चालन भएको हो ।

अछामको पुर्वी क्षेत्र पञ्चदेवल बिनायक नगरपालिकाका ६ वटा वडा र कमलबजार नगरपालिकाका ४ वटा वडा गरि जम्मा १० वडामा कार्यक्रम संचालन भएको छ । त्यस्तै अछामको पश्चिम क्षेत्रमा मेल्लेख गाँउपालिकाका ८ वटै वडा र साँफेबगर नगरपालिकाको ४ नम्बर वडामा गरि सञ्चालन हुन हुन थालेको हो।

आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्दका अनुसार सकारात्मक अभिभावकत्व सम्बन्धिका कक्षाहरुमा विषेश गरि परिवारको उद्देश्य र मुल्यमान्यता ,असल परिवारको परिकल्पना,बालबालिकाको स्वभाव र व्यक्तित्व पहिचान,अभिभावकत्वका शैलिहरु,छोराछोरी प्रती गरिने व्यबहार ,बालबालिका हुर्काउने तरिका ,बाल अधिकारबारे अवधारणागत स्पष्टता ,बाल संरक्षणका सवालहरु उठान गरिने भएका हुन ।

त्यस्तै बालबालिकाका समस्यामुलक स्वभावको पहिचान र समाधान,सकारात्मक अनुशासन बिधि र तनाव व्यवस्थापन ,बालबालिकासँगको संचार सम्बन्ध र लैङ्िगक समाजिकरण लगायतका विषय वस्तु बारेमा कक्षा सञ्चालन गरिने चन्दले बताउनु भयो । सकारात्मक अभिभावक बन्न प्रेरित गर्ने उद्देश्य रहेको कुरा उहाँको भनाइ छ ।

प्रतिक्रिया