Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिममा २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गरिने

सुदूरपश्चिममा २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गरिने

कैलाली कञ्चनपुरसहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतबाट हालै मात्र पुगेको मिटर एक साताभित्रै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ।

त्यसपछि मिटरलाई परीक्षण गरेर आवेदन दिएकाहरुलाई प्राथमिकीकरणको आधारमा मिटर वितरण गर्ने तयारी थालिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए। ‘विद्युत मिटरका लागि बोलपत्र आह्वानमा एक वर्ष ढिलो भएकाले दशैभर मिटरको अभाव भएको छ, अबको २ साताभित्र यो समस्या पूर्णरुपमा समाधान हुन्छ,’, प्रादेशिक प्रमुख चन्दले भने।  
विद्युत वितरण केन्द्र धनगढीमा ४ हजार तथा अत्तरिया विद्युत वितरण केन्द्रमा ३ हजारको संख्यामा विद्युत मिटरका लागि आवेदन परेको छ। धनगढी विद्युत वितरण केन्द्रमा मात्र हाल महिनामा ४ सय विद्युत मिटरका लागि आवेदन पर्ने गरेको छ।

सुदूरपश्चिम प्रदेशभित्र विगत तीन महिनादेखि विद्युत मिटर वितरण हुन सकेको छैन। नेपाल विद्यूत प्राधिकरण केन्द्रिय कार्यालयले ग्लोबल बोलपत्र आह्वान गरेर विद्यूत मिटर आपूर्तिका लागि प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया