Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गरिने

सुदूरपश्चिममा २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गरिने

कैलाली कञ्चनपुरसहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतबाट हालै मात्र पुगेको मिटर एक साताभित्रै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ।

त्यसपछि मिटरलाई परीक्षण गरेर आवेदन दिएकाहरुलाई प्राथमिकीकरणको आधारमा मिटर वितरण गर्ने तयारी थालिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए। ‘विद्युत मिटरका लागि बोलपत्र आह्वानमा एक वर्ष ढिलो भएकाले दशैभर मिटरको अभाव भएको छ, अबको २ साताभित्र यो समस्या पूर्णरुपमा समाधान हुन्छ,’, प्रादेशिक प्रमुख चन्दले भने।  
विद्युत वितरण केन्द्र धनगढीमा ४ हजार तथा अत्तरिया विद्युत वितरण केन्द्रमा ३ हजारको संख्यामा विद्युत मिटरका लागि आवेदन परेको छ। धनगढी विद्युत वितरण केन्द्रमा मात्र हाल महिनामा ४ सय विद्युत मिटरका लागि आवेदन पर्ने गरेको छ।

सुदूरपश्चिम प्रदेशभित्र विगत तीन महिनादेखि विद्युत मिटर वितरण हुन सकेको छैन। नेपाल विद्यूत प्राधिकरण केन्द्रिय कार्यालयले ग्लोबल बोलपत्र आह्वान गरेर विद्यूत मिटर आपूर्तिका लागि प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया