ताजा अपडेट
चाउचाउ उद्योगमा लागेको आगो १० घन्टापछि नियन्त्रणमा
मेचीनगर १४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १० घन्टा समय लागेको थियो ।
मनषा थाइफुड्सद्वारा उत्पादित चाउचाउ उद्योगमा शनिबार बिहान करिब साढे ४ बजेदेखि विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।
मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दैआएको थियो । आगलागीका कारण सिंगो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्ण रुपमा नष्ट भएको संचालक बुद्धि घिमिरेले दाबी गरेका छन्।
‘आगलागीबाट केही पनि बाँकी रहेन’, घिमिरेले भने, ‘करिब एक अर्ब बढी क्षति भयो भन्ने हाम्रो अनुमान हो ।’ आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको र करिब एक अर्ब क्षति हुनसक्ने प्रहरीको आकलन छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया