Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रचण्ड भन्छन केपी ओलीसँग फेरी पनि सहकार्यको प्रस्ताव राख्छु

प्रचण्ड भन्छन केपी ओलीसँग फेरी पनि सहकार्यको प्रस्ताव राख्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् । एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई छ ।

अध्यक्ष दाहालले एमसीसी संसदमा टेबल गर्नबाट सभामुख अग्नि सापकोटाले नरोकेको पनि स्पष्ट पारेका छन् । सरकारकै कारण संसद स्थगित भएको भन्दै दाहालले सभामुखमाथि गलत आरोप लगाइएको बताए । पछिल्लो पटक त एमालेले पत्र नै लेखेर संसद बैठक स्थगित गर्न आग्रह गरेको पनि दाहालले स्मरण गराए । दाहालले अमेरिकालाई लक्षित गर्दै अहिले एमसीसी पारित गर्ने बेला नभएको बताए । निर्वाचनको मिति घोषणा भएका बेला एमसीसी अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई । नेपालको लोकतन्त्र बलियो बनाउन पनि अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै उनले पारित भयो भने नेपालमा संकट आउने बताए ।

अध्यक्ष दाहालले अझै पनि एमालेसँगको सहकार्य हुन सक्ने बताएका छन् । तत्काल सहकार्य नभए पनि समय परिस्थितीले फेरी पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने बताए । आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने दाहालले बताए ।

चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसलगायतका दलहरुसँग पनि तालमेल गर्ने दाहालको भनाई छ । कांग्रेसका केही नेताहरुले तालमेलको विरोध गरे पनि कांग्रेसको ९० प्रतिशत कार्यकर्ता तालमेलको पक्षमा रहेको दाहालको दावी छ । अन्तरवार्ताका क्रममा दाहालले समग्र अवस्थाको चिरफार गरेका छन् । वैदेशिक सम्बन्ध सबैसँग राम्रो हुनुपर्ने भन्दै उनले अमेरिकासँग पनि आफू सम्बन्ध विगार्न नचाहने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया