Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रचण्ड भन्छन केपी ओलीसँग फेरी पनि सहकार्यको प्रस्ताव राख्छु

प्रचण्ड भन्छन केपी ओलीसँग फेरी पनि सहकार्यको प्रस्ताव राख्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् । एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई छ ।

अध्यक्ष दाहालले एमसीसी संसदमा टेबल गर्नबाट सभामुख अग्नि सापकोटाले नरोकेको पनि स्पष्ट पारेका छन् । सरकारकै कारण संसद स्थगित भएको भन्दै दाहालले सभामुखमाथि गलत आरोप लगाइएको बताए । पछिल्लो पटक त एमालेले पत्र नै लेखेर संसद बैठक स्थगित गर्न आग्रह गरेको पनि दाहालले स्मरण गराए । दाहालले अमेरिकालाई लक्षित गर्दै अहिले एमसीसी पारित गर्ने बेला नभएको बताए । निर्वाचनको मिति घोषणा भएका बेला एमसीसी अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई । नेपालको लोकतन्त्र बलियो बनाउन पनि अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै उनले पारित भयो भने नेपालमा संकट आउने बताए ।

अध्यक्ष दाहालले अझै पनि एमालेसँगको सहकार्य हुन सक्ने बताएका छन् । तत्काल सहकार्य नभए पनि समय परिस्थितीले फेरी पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने बताए । आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने दाहालले बताए ।

चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसलगायतका दलहरुसँग पनि तालमेल गर्ने दाहालको भनाई छ । कांग्रेसका केही नेताहरुले तालमेलको विरोध गरे पनि कांग्रेसको ९० प्रतिशत कार्यकर्ता तालमेलको पक्षमा रहेको दाहालको दावी छ । अन्तरवार्ताका क्रममा दाहालले समग्र अवस्थाको चिरफार गरेका छन् । वैदेशिक सम्बन्ध सबैसँग राम्रो हुनुपर्ने भन्दै उनले अमेरिकासँग पनि आफू सम्बन्ध विगार्न नचाहने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया