Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विवादकै बीच एमसीसी संसद्मा टेबल हुने

विवादकै बीच एमसीसी संसद्मा टेबल हुने

वादित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विवादकै बीच संसद्मा टेबल हुने भएको छ । सत्ता गठबन्धनभित्रबाटै विरोध भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल हुने निश्चित भएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी टेबल गर्ने कार्यसूची बनाउन आग्रहसमेत गरिसक्नुभएको छ । सभामुख सापकोटाले आज ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले आज संसद् बैठक बस्नुअघि संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको जानकारी दिनुभयो ।

यसैबीच, एमसीसीका बारेमा पार्टीको धारणा बनाउन सत्तारूढ दल माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको ससदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विरोध गरिरहेको र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध जारी राखिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन लाग्नुभएको हो ।

एमसीसी सम्झौता बारेमा साझा सहमति जुटाउन प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भए पनि सहमति जुट्न सकेन ।

प्रतिपक्षी दल एमालेका कारण झण्डै ६ महिनादेखि अवरुद्ध संसद् बैठक अवरुद्ध हुँदै आएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै छ महिनादेखि निरन्तर रूपमा संसद् चल्न दिएको छै्रन । लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा ५५ वटा महत्वपूर्ण विधेयक अलपत्र अवस्थामा छन् । संसद् चालु गर्न र एमसीसीको बारेमा साझा धारणा बनाउन सोमबार सभामुखले बोलाउनुभएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो । एमालेले एमसीसीको सम्झौताको विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

सोमबार सर्वदलीय बैठकपछि सभामुख अग्निप्रसाद सापकोटा केही नरम देखिनुभएको छ । उहाँले दलहरूबीच साझा सहमति निर्माण गरेर अगाडि बढ्दा राम्रो हुने धारणा राख्दै एमसीसीलाई टेबल गर्ने संकेत दिँदै आफूले अम्पायरको भूमिका मात्रै निभाउन सक्ने र बढी जिम्मेवार दलहरू नै रहेकोमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया