Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विवादकै बीच एमसीसी संसद्मा टेबल हुने

विवादकै बीच एमसीसी संसद्मा टेबल हुने

वादित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विवादकै बीच संसद्मा टेबल हुने भएको छ । सत्ता गठबन्धनभित्रबाटै विरोध भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल हुने निश्चित भएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी टेबल गर्ने कार्यसूची बनाउन आग्रहसमेत गरिसक्नुभएको छ । सभामुख सापकोटाले आज ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले आज संसद् बैठक बस्नुअघि संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको जानकारी दिनुभयो ।

यसैबीच, एमसीसीका बारेमा पार्टीको धारणा बनाउन सत्तारूढ दल माओवादी केन्द्रले आज संसदीय दलको बैठक बोलाएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको ससदीय दलको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विरोध गरिरहेको र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध जारी राखिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन लाग्नुभएको हो ।

एमसीसी सम्झौता बारेमा साझा सहमति जुटाउन प्रधानमन्त्री देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भए पनि सहमति जुट्न सकेन ।

प्रतिपक्षी दल एमालेका कारण झण्डै ६ महिनादेखि अवरुद्ध संसद् बैठक अवरुद्ध हुँदै आएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको भन्दै छ महिनादेखि निरन्तर रूपमा संसद् चल्न दिएको छै्रन । लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा ५५ वटा महत्वपूर्ण विधेयक अलपत्र अवस्थामा छन् । संसद् चालु गर्न र एमसीसीको बारेमा साझा धारणा बनाउन सोमबार सभामुखले बोलाउनुभएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो । एमालेले एमसीसीको सम्झौताको विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

सोमबार सर्वदलीय बैठकपछि सभामुख अग्निप्रसाद सापकोटा केही नरम देखिनुभएको छ । उहाँले दलहरूबीच साझा सहमति निर्माण गरेर अगाडि बढ्दा राम्रो हुने धारणा राख्दै एमसीसीलाई टेबल गर्ने संकेत दिँदै आफूले अम्पायरको भूमिका मात्रै निभाउन सक्ने र बढी जिम्मेवार दलहरू नै रहेकोमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया