Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ एक महिने अभियान शुरू हुने

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ एक महिने अभियान शुरू हुने

स्थानीय निर्वाचनप्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ भन्ने अभियानका साथ पार्टीको सबै संरचना परिचालन गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म सञ्चालन गरिने भएको छ । साथै कार्यसम्पादन समिति बैठकले अवधि समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत सबै भ्रातृ संस्था विघटन गर्दै फागुन मसान्तभित्र ती भ्रातृ संस्थाहरूको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्र सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघका साथै नेपाल किसान संघ, भूतपूर्व सैनिक संघ, नेपाल आदिबासी जनजाती संघ, नेपाल ठाकुर समाज, राष्ट्रिय लोकतान्त्रिक तामाङ संघलगायतका भ्रातृ संस्थाहरूको अवधि समाप्त भएका छन् । नयाँ गठन हुने सबै भ्रातृ संस्थाहरूले स्थानीय, प्रदेश र संघको निर्वाचन परिणाम आएको तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्नेछ । साथै, १४औं महाधिवेशनमा विभिन्न तहमा निर्वाचित भएका भ्रातृ संस्थाका सभापति एवं पदाधिकारीहरू स्वतः रिक्त हुने विधानमा उल्लेख भएकोले कार्यसम्पादन समिति बैठकले सोको पदपूर्तिका लागि केन्द्रमा केन्द्रीय सभापति र जिल्लामा जिल्ला सभापतिलाई नै अधिकार दिने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीका साथै शीर्ष नेताहरू रहेको कार्यसम्पादन समितिको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्छ । केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठक बीचमा गर्नुपर्ने काम गर्ने कार्यसम्पादन समितिले आफ्नो निर्णय केन्द्रीय समितिमा पेश गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ । पार्टीको केन्द्रीय विभागको कामको समीक्षा पनि कार्यसम्पादन समितिले गर्नेछ ।

कार्यसम्पादन समितिको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. महतले स्थानीय निर्वाचन लक्षित अभियानमा सक्रिय सहभागी हुन पार्टीका सबै संरचनाहरूलाई आग्रह गर्दै स्थानीय तह निर्वाचन लक्षित विभिन्न समितिहरू गठन गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिने निर्णय भएको बताउनुभयो । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव र एमसीसी संसद्बाट पारित गर्न कांग्रेस सक्रियतापूर्वक लागिपर्ने निर्णय गरको पनि प्रवक्ता महतले बताउनुभयो । उहाँले एमसीसी आज बस्ने संसद् बैठकमा पेस हुने बताउनुभएको छ ।

प्रतिक्रिया