Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ एक महिने अभियान शुरू हुने

‘घरघर जाऊ, कांग्रेस जिताऊ’ एक महिने अभियान शुरू हुने

स्थानीय निर्वाचनप्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ भन्ने अभियानका साथ पार्टीको सबै संरचना परिचालन गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म सञ्चालन गरिने भएको छ । साथै कार्यसम्पादन समिति बैठकले अवधि समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत सबै भ्रातृ संस्था विघटन गर्दै फागुन मसान्तभित्र ती भ्रातृ संस्थाहरूको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेसभित्र सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघका साथै नेपाल किसान संघ, भूतपूर्व सैनिक संघ, नेपाल आदिबासी जनजाती संघ, नेपाल ठाकुर समाज, राष्ट्रिय लोकतान्त्रिक तामाङ संघलगायतका भ्रातृ संस्थाहरूको अवधि समाप्त भएका छन् । नयाँ गठन हुने सबै भ्रातृ संस्थाहरूले स्थानीय, प्रदेश र संघको निर्वाचन परिणाम आएको तीन महिनाभित्र अधिवेशन गरिसक्नुपर्नेछ । साथै, १४औं महाधिवेशनमा विभिन्न तहमा निर्वाचित भएका भ्रातृ संस्थाका सभापति एवं पदाधिकारीहरू स्वतः रिक्त हुने विधानमा उल्लेख भएकोले कार्यसम्पादन समिति बैठकले सोको पदपूर्तिका लागि केन्द्रमा केन्द्रीय सभापति र जिल्लामा जिल्ला सभापतिलाई नै अधिकार दिने निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारीका साथै शीर्ष नेताहरू रहेको कार्यसम्पादन समितिको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्छ । केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठक बीचमा गर्नुपर्ने काम गर्ने कार्यसम्पादन समितिले आफ्नो निर्णय केन्द्रीय समितिमा पेश गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ । पार्टीको केन्द्रीय विभागको कामको समीक्षा पनि कार्यसम्पादन समितिले गर्नेछ ।

कार्यसम्पादन समितिको निर्णयबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. महतले स्थानीय निर्वाचन लक्षित अभियानमा सक्रिय सहभागी हुन पार्टीका सबै संरचनाहरूलाई आग्रह गर्दै स्थानीय तह निर्वाचन लक्षित विभिन्न समितिहरू गठन गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिने निर्णय भएको बताउनुभयो । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग प्रस्ताव र एमसीसी संसद्बाट पारित गर्न कांग्रेस सक्रियतापूर्वक लागिपर्ने निर्णय गरको पनि प्रवक्ता महतले बताउनुभयो । उहाँले एमसीसी आज बस्ने संसद् बैठकमा पेस हुने बताउनुभएको छ ।

प्रतिक्रिया