ताजा अपडेट
काँग्रेस अछामको जिल्ला सदस्यका लागी युवा नेता गोकुल भाटले उम्मेदवारी दिने
नेपाली काँग्रेस अछामको जिल्ला कार्य समितिको सदस्य पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
पार्टिमा ईमान्दार, शालिन र अनुशासित नेतृत्वको छवी बनाएका भाट पछिल्लो पुस्ताका सबैभन्दा लोकप्रिय नेता मानिन्छन । नेपाली कांग्रेस अछामको पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले जिल्ला सदस्यमा उमेद्वारी घोषणा गरेको भाटले बताए ।
नेपाली कांग्रेस साँफेबगर नगर कार्य समिति सभापति रहेका नेता भाटले आफ्नो कार्यकाल भरी संगठन लाई बिस्तार गर्न र बलियो बनाउन सक्रीय भूमिका निर्वाह गरेका थिए ।
पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै उनले जिला सदस्य पदमा आफुलाई यसपटक अघि सारेका छन् । संगठन निर्माण संगै सबैलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया