ताजा अपडेट
यस्तो हुनेछ आईफोन १४
एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ ।
रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को महँगा मोडेल उत्पादन गर्नेछ भने एप्पलको अर्का आपूर्तिकर्ता लक्सशेयरले आईफोन १४ कै सस्तो मोडेल उत्पादन गर्नेछ ।
आईफोन १४ र र १४ प्रो आईफोन ४ र ५ को पुरानो डिजाइन झल्कने गरी डिजाइन गरिएको बताइएको छ । आईफोन १४ प्रो म्याक्समा भने अन्य मोबाइल फोनमा जस्तो क्यामेराको भाग माथि उठेको हुने छैन ।
त्यस्तै गरी आईफोन १४ का सबै मोडेलमा नच नहुने चर्चा पनि छ ।
आईफोन १४ सिरिजका चार वटा फोनहरू हुनेछन्, जसमा दुईवटा ६.१ इन्च डिस्प्ले सहितको हुनेछ भने अर्को दुईवटा ६.७ इन्च डिस्प्ले सहितको हुनेछ ।
यो सिरिजका एप्पलले मिनि भर्सन भने नराख्ने बताइसकेको छ । यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा उपलब्ध हुने पनि बताइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया