Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

पत्रकार महासंघकोनिर्णय सच्याउनकालागि ८ अध्यक्षको संयुक्त बिज्ञप्ती जारी

पत्रकार महासंघकोनिर्णय सच्याउनकालागि ८ अध्यक्षको संयुक्त बिज्ञप्ती जारी

नेपाल पत्रकार महासंघले निर्वाचित प्रदेश कमिटीभन्दा माथि रहने गरी संयोजक र उपसंयोजकको पद सिर्जना गरेको छ। नेपाल पत्रकार महासंघको पुस ३० गते तिलौराकोटमा सम्पन्‍न बैठकले प्रदेश र जिल्ला शाखासँग समन्वय गर्ने भन्दै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट धेरै मत ल्याउनेलाई संयोजक र अर्का केन्द्रीय सदस्यलाई उपसंयोजकको जिम्मेवारी दिने गरी प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णय गरेको हो। तर, नेपाल पत्रकार महासंघको विधानले भने प्रदेशमा संयोजक र उपसंयोजकलाई चिनेको छैन। तर, महासंघका महासचिव रोशन पुरीले फागुन १० गते प्रदेश कमिटीलाई परिपत्र गर्दै  प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णय भएको जानकारी गराएका हुन्। 

परिपत्रको २० नम्बर बुँदामा भनिएको छ,केन्द्रीय समितिको तर्फबाट सम्बन्धित प्रदेश तथा जिल्ला शाखासँग समन्वय गर्नका लागि सम्बन्धित प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये धेरै मत ल्याउने संयोजक र अर्का केन्द्रीय सदस्य उपसंयोजक रहनेगरी प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । यससँगै विधान विपरीत सदस्यता टुंगो लगाउने जिम्मा पनि प्रदेश संयोजकलाई दिने निर्णय गरेको जनाइएको छ। परिपत्रको २२ नम्बर बुँदामा भनिएको छ, विभाग र समिति तथा त्यसका सदस्यहरुको संख्या आवश्यकताका आधारमा निर्धारण गर्ने जिम्मेवारी अध्यक्ष, महासचिवसहितका पदाधिकारीलाई दिइएको छ। सदस्य थप्‍नुपर्ने अवस्थामा समितिका संयोजकसँग परामर्श गरिने बैठकले निर्णय गरेको छ।

नेपाल पत्रकार महासंघको विधानमा भने सदस्यतासम्बन्धी अन्तिम टुंगो लगाउने जिम्मा प्रदेश कमिटीलाई नै दिएको छ। महासंघको विधानको परिच्छेद २ को धारा ५ को १ (ख) मा भनिएको छ,शाखा वा एशोसियट संस्थाले छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि सम्बन्धित प्रदेश समितिमा पठाउनुपर्नेछ। प्रदेश समितिले त्यस्तो विवरण प्राप्त भएको मितिले तीन महिनाभित्रै सदस्यता टुंगो लगाइसक्नु पर्नेछ। त्यसैगरी विधानको धारा ५ को (ग) मा सदस्यतामा विवाद उत्पन्‍न भएमा प्रदेश समितिले छानबिन गर्न सक्नेु उल्लेख छ। महासंघको केन्द्रीय कमिटीले केन्द्रमा निर्वाचित भएकाहरुलाई प्रदेश समन्वय समितिको संयोजक र उपसंयोजकमा मनोनित गर्दै जिम्मेवारी तोकेको हो। 

यसरी महासंघले विधान विपरीत संयोजक र उपसंयोजक तोकेर प्रदेश कमिटीको अधिकार कटौती गर्ने निर्णयप्रति प्रदेश कमिटीका अध्यक्षले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, राज्यसहितका विभिन्‍न निकायले संघीयता कार्यान्वयन गरेनन् भन्दै बारम्बार प्रश्‍न उठाउने हामी पत्रकारकै साझा संगठन नेपाल पत्रकार महासंघको बैठकले संघीयताको मर्म र भावनाविपरीत प्रदेश समितिहरुलाई कमजोर बनाउने गरी विधानविपरीत ‘केन्द्रीय समितिको तर्फबाट सम्बन्धित प्रदेश तथा जिल्ला शाखासँग समन्वय गर्नका लागि सम्बन्धित प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये धेरै मत ल्याउने संयोजक र अर्का केन्द्रीय सदस्य उपसंयोजक रहनेगरी प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णय’ प्रति हाम्रो असहमति छ। 

महासंघको विधानले कहीँकतै नचिन्‍ने समिति गठन गरेर प्रदेश र शाखालाई अंकुश लगाउने गरी गठन भएका र आगामी दिन गठन हुने यस्ता समिति मान्य नहुने भन्दै यसअघि माघ ३ गते नै लिखितरुपमा संयुक्त ध्यानाकर्षण गराइएको थियो। तर, पनि महासंघले प्रदेश कमिटीको अधिकारका अंकुश लगाउने गरी परिपत्र जारी गर्नु सुखद र शुभसंकेत नभएको जनाइएको छ।

प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मधेश प्रदेशका राजेश कर्ण, बागमतीका शिव देवकोटा, गण्डकीका नारायण शर्मा, सुदूरपश्चिमका योगेश रावल, उपत्यका प्रदेशका सृजन झा र एसोसिएट प्रदेशका बैकुण्ठ पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै विधान विपरित गरिने कुनै पनि कार्यमा साथ, समर्थन, सहयोग र सहभागिता नरहने र विधानभन्दा बाहिर गएर गरिएका निर्णयहरू तत्काल संशोधन गर्न पनि माग गरेका छन्। त्यसैगरी महासंघको केन्द्रीय कमिटीले विभिन्‍न बहानामा सदस्यता वितरण र नविकरण आफू मातहतमा ल्याउने दुषित मनसाय राखिएकोप्रति पनि प्रदेश अध्यक्षहरुले आपत्ति जनाएका छन्।

प्रतिक्रिया