Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कर्णाली र मधेश प्रदेशको पुँजीगत खर्च ८ % मात्रै, कुन प्रदेशले कति खर्च गरे ?

कर्णाली र मधेश प्रदेशको पुँजीगत खर्च ८ % मात्रै, कुन प्रदेशले कति खर्च गरे ?

लक्षित बजेट खर्च गर्न नसकेर केन्द्र सरकार आलोचित भइरहेका बेला प्रदेशहरुको अवस्था झन् खराब देखिएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना अवधिमा प्रदेशहरुको औसत बजेट खर्च १९ प्रतिशत बराबर मात्रै देखिएको हो । हालसम्म प्रदेश नम्बर १ र गण्डकी प्रदेशले मात्रै २० प्रतिशतभन्दा बढी खर्च गरेका छन् । अरु सबै प्रदेशहरुको खर्च त्यो भन्दा कम छ ।

चालु आर्थिक वर्षका लागि सबै प्रदेशहरुको कुल बजेट हेर्दा २ खर्ब ६३ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ बराबर छ । माघ मसान्तसम्मको खर्च भने ५० अर्ब २३ करोड २ लाख ६८ हजार रुपैयाँ बराबर मात्रै देखिएको हो ।

प्रदेशहरुले चालु शीर्षकमा औसत २४.५ प्रतिशत र पुँजीगत शीर्षकमा औसत १४.३ प्रतिशत खर्च गरेका छन् । विकास खर्चमा सबैभन्दा कमजोर मधेश प्रदेश र कर्णाली प्रदेश देखिएका छन् । ७ महिना अवधिमा मधेश प्रदेशले ८.४ प्रतिशत विकास खर्च गरेको छ भने कर्णाली प्रदेशले ८.७ प्रतिशत मात्रै खर्च गरेको छ । त्यस्तै, प्रदेश १ ले २७.७, वाग्मती प्रदेशले १२.९, गण्डकी प्रदेशले १८.८, लुम्बिनी प्रदेशले १६.४ प्रतिशत र सुदूरपश्चिम प्रतिशतले ११.७ प्रतिशत बराबर मात्रै विकास खर्च गर्न सकेका छन् ।

कुन प्रदेशले कति खर्च गरे ?

प्रदेश १:

कुल विनियोजित बजेट: ३२ अर्ब ८२ करोड ३३ लाख

माघ मसान्तसम्मको खर्च: १० अर्ब ७१ करोड ७० लाख (३२.७%)

पुँजीगत खर्च: ४ अर्ब २१ करोड ६० लाख (२७.७%)

मधेश प्रदेश:

कुल विनियोजित बजेट: ३४ अर्ब ११ करोड ८ लाख

माघ मसान्तसम्मको खर्च: ४ अर्ब ६२ करोड ३१ लाख (१३.६%)

पुँजीगत खर्च: १ अर्ब ५९ करोड २५ लाख (८.४%)

वाग्मती प्रदेश:

कुल विनियोजित बजेट: ५७ अर्ब ७७ करोड ६४ लाख

माघ मसान्तसम्मको खर्च: ११ अर्ब ४४ करोड ८७ लाख (१९.८%)

पुँजीगत खर्च: ४ अर्ब १ करोड ४१ लाख (१२.९%)

गण्डकी प्रदेश:

कुल विनियोजित बजेट: ३० अर्ब ३५ करोड ८७ लाख

माघ मसान्तसम्मको खर्च: ६ अर्ब ८ करोड ५५ लाख (२०%)

पुँजीगत खर्च: ३ अर्ब १७ करोड १० लाख (१८.८%)

लुम्बिनी प्रदेश:

कुल विनियोजित बजेट: ४१ अर्ब ५१ करोड ६३ लाख

माघ मसान्तसम्मको खर्च: ७ अर्ब ८२ करोड २४ लाख (१८.८%)

पुँजीगत खर्च: ३ अर्ब ७८ करोड २१ लाख (१६.४%)

कर्णाली प्रदेश:

कुल विनियोजित बजेट: ३६ अर्ब ५७ करोड ९७ लाख

माघ मसान्तसम्मको खर्च: ४ अर्ब ५५ करोड ६ लाख (१२.४%)

पुँजीगत खर्च: १ अर्ब ९३ करोड १५ लाख (८.७%)

सुदूरपश्चिम प्रदेश:

कुल विनियोजित बजेट: ३० अर्ब ५६ करोड ३४ लाख

माघ मसान्तसम्मको खर्च: ४ अर्ब ९८ करोड ७५ लाख (१६.३%)

पुँजीगत खर्च: २ अर्ब ८ करोड १२ लाख (११.७%)

प्रतिक्रिया