ताजा अपडेट
सहकारीको ६ करोड लिएर भाग्ने अध्यक्ष र उपाध्यक्ष पक्राउ
सहकारीको ६ करोडभन्दा धेरै रकम दुरुपयोग गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।
पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुद्देश्य सहकारी संस्थामा जम्मा गरेको ६ करोड २५ लाख रकम लिएर फरार भएका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई सिआईबीको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं-३० का ४२ वर्षीय बस्नेतलाई सीआईबीले अनामनगर र काठमाडौं-१६ पकनाजोलका ५७ वर्षीय पाण्डेलाई सोही स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूले सहकारीका १५ जना बचतकर्ताको रकम संस्थाको खातामा नराखी आफ्ना परिवारका सदस्य र आफन्तहरूको नाममा राखेर दुरुपयोग गरेका थिए ।
निक्षेपकर्ताहरूले जम्मा गरेको रकम माग्दा सहकारी संस्थामा ताला लगाएर उनीहरू भागको सीआईबीले जनाएको छ । उनीहरूमाथि कानुनी कारबाही भइरहेको उप-निर्देशक, प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया