Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चुनावी तयारीमा ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने माओवादी रणनीति

चुनावी तयारीमा ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने माओवादी रणनीति

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनको तयारी थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सातवटै प्रदेश समितिलाई सर्कुलर पठाउँदै स्थानीय तह निर्वाचनको तयारीका लागि दुई बुँदे सर्कुलर पठाएका छन् । 

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारीको कामलाई प्रभावकारी बनाउन परिपत्र जारी गरेका हुन् । सर्कुलरमा संगठन सुदृढीकरण तथा विस्तार र निर्वाचन तयारीसम्बन्धी काम गर्न भनिएको छ । 

पहिलो बुँदाअन्तर्गत विधानअनुसार सबै तहको संगठन विस्तार तथा पूर्णता दिने, परिचालन गर्ने, निर्वाचन केन्द्रीत तयारीको योजना बनाई कार्यान्वयन गर्ने भनिएको छ । 

त्यसैगरी पूर्वजनमुक्ति सेना, स्थानीय जनसरकारका पदाधिकारी र सदस्यहरु, पूर्णकालीन कार्यकर्ता, सहिद परिवार, घाइते, अपाङ्गता भएका योद्धा र उनका परिवारसँग भेटघाट गरी पार्टीमा सक्रिय बनाउने भनिएको छ । अन्य पार्टीबाट प्रवेश गर्न चाहने नेता कार्यकर्ता, अन्य स्वतन्त्र व्यक्तित्व र पेशा व्यवसायीहरुलाई अभियानात्मक रुपमा पार्टीमा प्रवेश गराई उपयुक्त जिम्मेवारी प्रदान गर्ने भनिएको छ । 

सबै वडा र टोलहरुमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्ने पनि पहिलो बुँदामा उल्लेख छ । 

ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने

त्यसैगरी दोस्रो निर्वाचन तयारी बुँदामा ज्योतिषी, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने रणनीति उल्लेख छ । कम्युनिस्टहरुले धर्मलाई अफिस र रुढिवादी परम्परामा विश्वास नगर्ने भए पनि माओवादीले भने धर्म र परम्परालाई चुनावी अभियानमा उपयोग गर्ने रणनीति लिएको छ । 

दोस्रो बुँदाको साँतौं नम्बरमा माओवादीले यो कुरालाई उल्लेख गरेको छ । जसमा भनिएको छ, ‘वडामा सकारात्मक प्रभाव पार्ने सक्ने व्यक्तिहरु, स्थानीय शिक्षक, कर्मचारी, स्थानीय क्बलहरुसँग आबद्ध युवाहरु, विभिन्न धार्मिक समूह र प्रतिष्ठानसँग आबद्ध व्यक्तिहरु, ज्योतिष, धामी झाँक्री र धर्म गुरुहरुको नामावली संकलन गर्ने र उनीहरुको राजनीतिक झुकाव आवश्यकता एवं समस्याहरुको पहिचान गर्ने ।’ 

चुनावी तयारीअन्तर्गतको सर्कुलरमा पालिकामा केन्द्रीय सदस्य वा वरिष्ठ नेताको नेतृत्वमा निर्वाचन मूल परिचालन समिति बनाउने पनि उल्लेख छ । 

वडा स्तरमा संगठित सदस्यहरु, जबस मोर्चा र पेशागत संगठनका नेताहरु, पार्टी समर्थक बुद्धिजिबी र विषय विज्ञहरु सम्मिलित निर्वाचन परिचालन समिति बनाउने पनि भनिएको छ ।   
अध्ययन सर्भेक्षण तथा विश्लेषण, स्वयंसेवक परिचालन, सूचना सञ्चार तथा प्रचार व्यवस्थापन लगायतका उपसमितिहरु बनाउन पनि निर्देशन गरिएको छ । सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार गर्ने पनि भनिएको छ । 

सूचना सञ्चार र प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न वडा स्तरमा सूचना प्रविधि विज्ञ सहितको सञ्चार तथा प्रचार इकाई बनाउने र सामाजिक सञ्जालहरु समेतको व्यापक प्रयोग गर्ने पनि माओवादी रणनीति रहेको छ । 

प्रतिक्रिया