ताजा अपडेट
२६ सय ६१ बिन्दुमा खुम्चियो शेयर बजार
शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १५ दसमलव पाँच अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ५८ दसमलव ९९ अंकले ओरालो लागेर २६ सय ६१ दसमलव ४४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ३६ अंकले ओरालो लागेर पाँच सय सात दसमलव ५८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ६५ हजार ११ पटकको कारोवारमा ८४ लाख ९० हजार छ सय ८९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल शेयर कारोवार रकम चार अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रुपैयाँ पुगेको छ ।
आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोवार भएका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया