ताजा अपडेट
२६ सय ६१ बिन्दुमा खुम्चियो शेयर बजार

शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १५ दसमलव पाँच अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ५८ दसमलव ९९ अंकले ओरालो लागेर २६ सय ६१ दसमलव ४४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ३६ अंकले ओरालो लागेर पाँच सय सात दसमलव ५८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ६५ हजार ११ पटकको कारोवारमा ८४ लाख ९० हजार छ सय ८९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल शेयर कारोवार रकम चार अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रुपैयाँ पुगेको छ ।
आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोवार भएका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया